Author: खबरमञ्च

झापा । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको आयोजना हुने भएको छ ।  यसपटक झापा गोल्डकपको छैटौं संस्करण यही फागुन १९ देखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको छ । काठमाडौंबाहिर सबैभन्दा बढी फुटवलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हवको रुपमा विकसित गराउन झापा गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । २०७२ सालबाट उक्त प्रतियोगिताको आयोजना गरिराखिएको छ । विगतमा देशभित्र र मुलुकबाहिर पनि घरेलु टिम झापा ११ फुटबल क्लवको विकास र प्रवर्धनसंगै झापा गोल्डकपलाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि सबैजना सक्रियताका साथ अगाडि बढिरहेको समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् ।मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने समितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।  त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटवल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहनेछ । छैटौं संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटवल बेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने समितिले जनाएको छ । यो वर्ष पनि खेल सन्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजबंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने समितिका अध्यक्ष बस्नेतले बताउनुभयो। रकम गोल्डकप उ‌द्घाटनको दिन प्रदान गरिने बस्नेतले बताउनुभयो ।  यो प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ।

Read More

झापा । झापाको दमकमा सोमबार साँझ टायर पड्किएर कार दुर्घटना हुँदा एकजना घाइते भएका छन् । साँझ ६ बजेको समयमा दमक नगरपालिका ५ गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको SK 08 P 1888 नं. को भारतीय कारको टायर पड्किएर डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सोही कारमा सवार भारत सिक्किम प्रदेश सिङ्ताम बस्ने ६५ वर्षीय मिलनकुमार राई घाइते भएका छन् । टाउकोमा चोट लागेका राईलाई उपचारको लागि नमस्ते अस्पताल दमकमा भर्ना गरिएको छ । कार चालक सोही ठाउँ ६५ वर्षीय लक्ष्मण राई सकुशल रहेको जनाइएको छ ।

Read More

काठमाडौँ । नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताए । जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न पाइने व्यवस्था गरेको छ । उनका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ । जिल्ला अधिवेशन तोकिएको अवस्थामा अधिवेशनका लागि उम्मेदवार र प्रतिनिधि छनोटको मापदण्ड बनाई…

Read More

झापा । कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा शनिबार तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य रहेको वार्ता समिति गठन गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री शम्शेर राईले जानकारी दिए । गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादी पक्षले पुनः नामकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा पहिचानवादी पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त हुँदै आएको छ ।…

Read More

झापा । नवीन राप्रपा कार्ययोजनाअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा करिव ३ सय जनालाई पार्टी प्रवेश गराएको छ । विभिन्न पार्टी परित्याग गरी र कुनै पनि पार्टीमा नरहेकाहरुलाई शनिवार बिर्तामोडमा एक कार्यक्रमका बीच राप्रपामा प्रवेश गराइएको हो । प्रवेश गर्नेहरुमा डा. गौरीशंकर झा, गुन्जन थापालगायत रहेका छन् । उनीहरुलाई पार्टी सदस्यता वितरण गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिर्तामोडमा एक प्रकारको नयाँ जागरण आएको बताए । उनले संगठनलाई व्यक्तिको घरदैलोसम्म पुर्याउन केही महिना अघिदेखि नवीन राप्रपा कार्ययोजना संचालन रहेको जानकारी दिए । त्यस योजनाका लागि पार्टीले केन्द्रीय सदस्य डी.बी. थापालाई भूगोल केन्द्रित गरेर बिर्तामोडमा खटाएको थियो । अध्यक्ष लिङ्देनले पार्टीमा परिवर्तनका…

Read More

झापा । झापाको अर्जुनधारा र कचनकवलमा जंगली हात्तीले चारवटा घर भत्काएको छ । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले कचनकवल र अर्जुनधारामा चारवटा घर भत्काएर क्षति पुर्याएको हो । बिहीवार बिहानको राति १ बजेको समयमा कचनकवल वडा न. ३ दल्कीस्थित दुर्गाभिटा वन क्षेत्रबाट आएको जंगली हात्तीको समूहले ईश्वरसिंह राजवंशीको जग्गामा बस्दै आएका सुरेश राजवंशीको टिनको छानो भएको भुइँघर र घरमा राखेको २५ मन धान पूर्ण रुपमा क्षति गरेको छ । त्यस्तै फाकताल राजवंशीको टिनको छानो भएको भुइँतले भान्सा , देवलाल राजवंशीको घर जग्गामा बस्दै आएका सेल्टु राजवंशीको टिनको छानो भएको सुत्ने घर र घरमा राखेको चामल २० मन नष्ट…

Read More

झापा । जिल्ला विकास समिति झापाका पूर्व उपसभापति तथा साविक महेशपुर गाउँ विकास समितिका अध्यक्ष रोहितकुमार सिंह राजवंशीको निधन भएको छ । भद्रपुर ४ निवासी राजवंशीको ६४ वर्षको उमेरमा बिहीबार दिउँसो २.३० बजे ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा उपचारका क्रममा निधन भएको हो । उनी मिर्गौलाको समस्याले पीडित थिए । उनी पंचायत कालका मन्त्री गोपालचन्द्र सिंह राजवंशीका छोरा हुन् । राजवंशी परिवारले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर राजनीति गरेका थिए ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगले लिएको विभिन्न परीक्षमा एकैपटक पाँच पदमा नाम निकाल्ने गुल्मीकी मनीषा जिसीलाई बधाई दिएका छन् । पुर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा मनीषाको तस्बिरसहित बधाई दिएका हुन् । उनले मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने मनीषाले सकारात्मक सन्देश दिन सफल भएको पनि बताएका छन् । ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ । यो सुखद खबर हो’, ओलीले भनेका छन्, ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई,…

Read More

बिर्तामोड । नेकपा एमाले झापाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रेम गिरीलाई दिइएको छ । अध्यक्ष दिपक कार्कीलाई केन्द्रीय कमिटीमा मनोनित गरेपछि गिरीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । केन्द्रीय सदस्य कार्कीले गिरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । गिरी संविधानसभा सदस्य समेत हुन् ।

Read More

बिर्तामोड । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । आज विहान उनले बिर्तामोड–३ का दुई वटा वस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् । पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले ३ नं. को विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वीटर वितरण गरेका हुन् । उनले एक सय जना सन्थाल बालबालिकालाई चिसोयाममा स्वीटर वितरण गरेको जानकारी दिए । नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडासदस्य हरि बाँस्कोटा, युवा व्यवसायी…

Read More