झापा । जिल्ला विकास समिति झापाका पूर्व उपसभापति तथा साविक महेशपुर गाउँ विकास समितिका अध्यक्ष रोहितकुमार सिंह राजवंशीको निधन भएको छ ।
भद्रपुर ४ निवासी राजवंशीको ६४ वर्षको उमेरमा बिहीबार दिउँसो २.३० बजे ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा उपचारका क्रममा निधन भएको हो ।
उनी मिर्गौलाको समस्याले पीडित थिए । उनी पंचायत कालका मन्त्री गोपालचन्द्र सिंह राजवंशीका छोरा हुन् । राजवंशी परिवारले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर राजनीति गरेका थिए ।
Facebook Comments Box
