Author: खबरमञ्च

बिर्तामोड । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिर्तामोड नगर अस्पतालको अनुगमन गरेका छन् । मन्त्री बस्नेतले शुक्रबार नगरमा संचालनको तयारीमा रहेको डायलासिस कक्षसहितको अनुगमन गरेका हुन् । मन्त्री बस्नेतलाई बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगर अस्पताल संचालनमा देखा परेका समस्या र आवश्यक विषयमा जानकारी गराएका थिए । नगर प्रमुख प्रसाईले आमा सुरक्षा कार्यक्रमको अप्रेशन थिएटरमा आवश्यक उपकरणको लागि मन्त्री बस्नेतसंग मागपत्रसमेत बुझाइन् । मन्त्री बस्नेतले आवश्यक उपकरणका विषयमा राज्यको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सरकारले नगरपालिका र गाउँपालिकालाई एकैदरमा औषधि प्रदान गर्ने नीति व्यवहारिक नभएको भन्दै उनले यसलाई परिमार्जन…

Read More

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा भर्ति खुलाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरिएको हो । खुला तथा समावेसीसहित एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ । चैत ९ गतेसम्म आवेदन दिनु पर्ने शुक्रबार प्रकाशित विज्ञापनमा उल्लेख छ । हेर्नुहोस् विज्ञापनः

Read More

झापा । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुलाई सरुवा गरेको छ । सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय काठमाडौमा सरुवा भएको छ भने उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट निवनकुमार खड्का आउने भएका छन् । त्यस्तै गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ । नम्बर–४० गण पिलुवा बारामा…

Read More

झापा । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज खेलिएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस जितेर ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि २१७ रनमात्र बनाउन सक्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाएका थिए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । यस्तै आरिफ शेखले ३८ रन बनाए…

Read More

झापा । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीचको आजको वार्ता सकिएको छ । वार्ता सकारात्मक रहेको दुवै पक्षले प्रतिक्रिया दिएका छन् । विराटनगरको होटल बिगमा दिउँसो ४ बजेदेखि वार्ता टोलीबीच छलफल शुरु भएको थियो । सरकारको तर्फबाट निर्माण भएको वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘आजको छलफलमा आ–आफ्ना कुरा राख्ने काम भएको छ,’ उनले भने, ‘भोलि बिहान ८ बजे पुनः बस्ने गरी आजलाई सकिएको छ । छलफल सकारात्मक छ ।’ उता संघर्ष समितिको तर्फबाट वार्तामा सहभागी युवराज राईले पनि वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘आज दुवै पक्षबीच…

Read More

झापा । बर्खा स्मृति प्रतिष्ठानको आयोजनामा झापाको बुद्धशान्ति ३ मा अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही फागुन २ गतेबाट फागुन १२ सम्म हुने बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले जानकारी दिए । बुधबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानका अध्यक्ष प्रसाईंले क्रिकेट प्रतियोगिताका बारेमा जानकारी दिएका हुन् । प्रतियोगितामा झापाका १५ वटै पालिकाका टोली सहभागी हुने उनले बताए । प्रतियोगिताको विजेता टोलीले रु १ लाख र उपविजेता टोलीले रु ५० हजार पाउने उनले जानकारी दिए । प्रथम पुरस्कारको राशि प्रतिष्ठान स्वयंले उपलब्ध गराउने दोस्रो पुरस्कारको नगद राशि इन्दिरा फाउन्डेसनले उपलब्ध गराउने प्रसाईंले बताए । प्रतियोगिताको अनुमानित…

Read More

झापा । सर्वोच्च अदालतले गिरीबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओली सरकारको पालामा भएको भूमिसम्बन्धी ऐन २०२१ (संशोधन) लाई खारेज गरी पाउँ भनी परेको निवेदनविरुद्ध सुनुवाइ गर्दै ओली सरकारको पालामा टी इस्टेटलाई आवासीय प्रयोजनका लागि उपयोग गर्न पाउने निर्णय बदर गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान र सुष्मालता माथेमाको संवैधानिक इजलासले बुधबार गरेको आदेशअनुसार अब टी इस्टेट मासेर घर बनाउन पाइने छैन । उद्योग चलाउन हदबन्दी नलाग्ने गरी छुट पाएको जग्गा अन्यत्रै सारी झापास्थित गिरीबन्धु टी इस्टेटमा व्यावसायिक भवनहरु…

Read More

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो। गत वर्ष एमालेसँगको सहकार्यमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले सार्वजनिक बिदा दिने घोषणा गर्दै बिदा दिएको थियो । सरकारबाट बाहिरिएपछि भने एमालेले यसको विरोध गरेको थियो ।

Read More

झापा । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । ‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी कांग्रेसभित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे । बिराट नर्सिङ होम बिराटनगरमा उनको उपचार भइरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए । बुढाथोकी चार दशकभन्दा…

Read More

झापा । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी चर्चित गायिका मेनुका पौडेललाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको छ । हल्दिबारी गाउँपालिकाले उनलाई नगदसहित कदरपत्रले सम्मान गरेको छ। हल्दिबारी वडा नं ४ बडावारीकी स्थायी बासिन्दा मेनुकालाई ४५ हजार नगदसहित सम्मान गरिएको हो । उनी ‘इन्डियन आइडल’ को आइतबारको दौडबाट बाहिरिएकी थिइन्। सम्मान कार्यक्रममा बोल्दै उनले इन्डियन आइडलको यात्रा टुंगिए पनि जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको बताइन् । हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ५ वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले उनलाई सम्मान गरेका थिए । मेनुकालाई सीमावर्ती…

Read More