काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ।
मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।
गत वर्ष एमालेसँगको सहकार्यमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले सार्वजनिक बिदा दिने घोषणा गर्दै बिदा दिएको थियो ।
सरकारबाट बाहिरिएपछि भने एमालेले यसको विरोध गरेको थियो ।

Facebook Comments Box
