Author: खबरमञ्च
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगहरुको लाइन सामुहिक निणर्यबाट काटिएको दाबी गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकार, अदालत र संसदीय समितिको निणर्य र निर्देशनमा काटेको महशुल नतिर्नेहरुको लाइन काटेको बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले विभिन्न समयमा मन्त्रीपरिषद्को निणर्य, संसदीय समितिको निर्देशन र अदालतको फैसला तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझाव एवं निर्देशनमा सबैको सहमतिबाट महशुल नतिर्ने उद्योगको विद्युत लाइन काटेको बताए । उनले नेपाल विद्युत प्राधिकरणको एकल निणर्य र कार्यकारी निर्देशकको निर्देशनले मात्रै ट्रंक लाइन र डेडिकेटेड लाइनको महशुल नतिर्ने उद्योगको लाइन नकाटिएको स्पष्ट पारे…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निणर्य लिने बताएकी छिन् । बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार मन्त्री शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरण छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निणर्य लिने बताइन् । उनले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन् । उनले कर छलिको प्रयत्न भएको अथवा कानून विपरित काम भएको पाइएमा कानूनी दायरामा ल्याइने स्पष्ट पारिन् ।
धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् । संघीय सरकारले धरानलाई महत्त्व नदिएको गुनासो गर्दै साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर कार्यकक्षबाट हटाएका हुन् । उनले त्यस स्थानमा किराँतहरूका प्रथम राजा यलम्बरको तस्वीर राखेका छन् । संघ, प्रदेश र स्थानीय तह एवं मातहतका कार्यालय प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने प्रचलन छ । साम्पाङले राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर कार्यकक्षबाट हटाउने घोषणा ट्विटरमार्फत गरेका थिए । ‘अबदेखि मेरो कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुन: उनीहरूको…
काठमाडौँ । नेपाली कांग्रेसले सिफारिस राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन चलचित्रकर्मी नीर शाहको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । लामो समयदेखि चलचित्र कर्मममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् । राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि समितिले ९१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । राष्ट्रियसभा चुनाव रिक्त १९ सदस्यका लागि माघ ११ गते हुँदै छ ।
झापा । दमक नगरपालिकाले दमक–१ का एक सय सात वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ । तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का एक सय छ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की एक सय छ वर्षीया नरमाया सोराली, दमक–१० की एक सय पाँच वर्षीया नर्वदा खनाल, दमक–७ की एक सय पाँच वर्षीया मीनादेवी कार्की र दमक–१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो । नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक १०७ वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताउनुभयो…
झापा । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताएका छन् । पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिए पनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाइ थियो । बुधवारबाट ललितपुरमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबीसमेत गरे । सम्मानित नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको पनि स्मरण गरे । उहाँले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिए ।
काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई यथास्थितिमा राख्दै शीघ्र अनुसन्धानको निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले टेरामक्स खरिद प्रक्रियामा गड्बडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो । समितिले यसको अनुसन्धानको प्रगति विवरण हरेक ३० दिनमा समितिलाई बुझाउन पनि भनेको छ । समितिले अधिकारको दुरुपयोग भएको देखिएमा र राज्यलाई हानी, नोक्सानी हुनेगरी काम भएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाहीका लागि माग दाबीसहित कानून बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान आयोगलाई निर्देशन दिएको छ ।
झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुनकुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले बुधबार बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो । मैनालीलाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदवार घोषणा गरे । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको हो। अध्यक्षका उम्मेदवार मैनालीले ब्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति बिश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गरे । संघको निर्वाचन फागुन १४ गते हुँदैछ ।
झापा । झापामा १० मेगावाट क्षमतामा मंगलबारदेखि सौर्य ऊर्जा उत्पादन सुरु भएको छ । झापा इनर्जीको शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जालाई परीक्षणका लागि मंगलबार साँझ नेपाल विद्युत प्राविधिकरणको बुलोचोक सबस्टेसनमा जडान गरिएको हो । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत व्यापार विभागका तर्फबाट इन्जिनियर सिताराम सिग्देल, विद्युत प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, आसुहाङ राई, विद्युत प्राधिकरण दमकका इन्जिनियर हरि तिवारी, परियोजनाका कन्ट्रयाक्टर कुवेरमणि नेपाल, इन्जिनियर अभिषेक पराजुलीको उपस्थितिमा विद्युत प्राधिकरणको सबस्टेसनमा उत्पादिन सौर्य ऊर्जा जडान गरिएको हो । १५ दिनसम्म परीक्षणकालिन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहने प्राविधिकहरूले बताएका…
बिर्तामोड । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल महोत्सव शुरु भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही पुष ९ गते सोमवारदेखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ शुरु भएको हो । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल राखिएको छ । महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन…