काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निणर्य लिने बताएकी छिन् ।
बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार मन्त्री शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरण छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निणर्य लिने बताइन् ।
उनले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन् । उनले कर छलिको प्रयत्न भएको अथवा कानून विपरित काम भएको पाइएमा कानूनी दायरामा ल्याइने स्पष्ट पारिन् ।
Facebook Comments Box
