झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुनकुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले बुधबार बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो । मैनालीलाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदवार घोषणा गरे ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको हो। अध्यक्षका उम्मेदवार मैनालीले ब्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति बिश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गरे ।
संघको निर्वाचन फागुन १४ गते हुँदैछ ।
Facebook Comments Box
