झापा । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताएका छन् ।
पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिए पनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाइ थियो ।
बुधवारबाट ललितपुरमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबीसमेत गरे ।
सम्मानित नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको पनि स्मरण गरे ।
उहाँले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिए ।
Facebook Comments Box
