Author: खबरमञ्च
झापा । नेपाली कांग्रेस झापाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ/नगर सभापतिहरुको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकमा सभापति थेवेले सिटौलाको नाम प्रस्ताव गरेका थिए भने राम कट्टेलले समर्थन मन्तब्य राखेका थिए । बैठकले पार्टी केन्द्रीय समितिको मंसिर २९ गतेको बैठकले तय गरेअनुरुप पुस १६ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन हुने ‘समुदायमा कांग्रेस’ अभियानलाई सफल बनाउन यसअघि वडा तहमा…
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए । उनले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए । देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो । उनले…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब नयाँ ढंगले अर्को क्रम भङ्ग गर्ने क्रममा रहेको बताएका छन् । शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको भन्दै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको र आम नेपाली जनताको साथ हुने विश्वास पनि व्यक्त गरे । उनले केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गरिरहेको आरोपसमेत लगाए । उनले यो ऐतिहासिक दिन आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन आग्रह समेत…
बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबको अध्यक्षमा तीर्थराज तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार आयोजित तेस्रो साधारणसभाबाट तिम्सिना अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् । साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण अर्याल, सचिवमा रोशन भट्टराई, सह सचिवमा ज्ञानु भट्टराई र कोषाध्यक्षमा भारती राईलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा विजय उप्रेती, दिपेन विश्वकर्मा, चन्द्रकान्त वाग्ले सर्वसम्मत चयन भएका हुन् । प्रेस क्लबका अध्यक्ष आयुष निरौलाको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवम् वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । सभामा सह सचिव तीर्थ तिम्सिनाले स्वागत गरेका थिएभने सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए । सभामा वडाध्यक्ष…
झापा । धान झार्न लगाइएको थ्रेसरमा च्यापिएर झापा गाउँपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान करिव ५ बजेतिर झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो । चन्द्रदेव राजवंशीको प्र१–०१–००१त८०९२ नं को ट्रयाक्टरबाट टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए । थ्रेसरमा परेर उनको शरीर टुक्राटुक्रा भएको प्रहरीले जनाएको छ । घटनापछि चालक फरार रहेको बताइएको छ ।
काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेका दुई कम्पनीको स्पष्ट वतन (ठेगाना) नहुँदा म्याद तामेलीमा समस्या भएको छ। तोकिएको समयमा म्याद तामेली हुन नसक्दा सुनुवाइ लम्बिएको छ। गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमा उच्च अदालतबाट कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाए पनि सुनुवाइ अघि बढेको छैन। रिट निवेदनमा विपक्षीमध्येका स्पेक्ट्रलाइट यूके लिमिटेड र अजियाटा समूह बर्हाडको नामको म्याद तामेली हुन नसकेको हो। अदालत स्रोतका अनुसार, बिक्रीरखरिदकर्ता कम्पनीको वास्तबिक ठेगाना पत्ता नलाग्दा म्याद तामेल गर्न समस्या भएको छ। मंसिर २० गते रोकायाले सेयर बिक्री रोक्न अन्तरिम आदेशसमेत माग गर्दै रिट निवेदन दायर गरेका थिए। सोही रिटमा प्रारम्भिक सुनुवाइ गर्दै…
झापा । मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी मंगलबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालयमा २० हजार रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका हुन् । उनीमाथि मुख्यमन्त्रीको गाडीमा भएको तोडफोडको ५ लाख रुपैयाँको बिगो हालिएको थियो । अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएका चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद थपेको थियो । पहिलो पटक पाँच दिन र त्यसपछि तीन दिन म्याद थप गरिएको थियो । ८ दिनको म्याद सकिएकाले अब म्याद थप नगरी रिहा गरिएको झापा प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनदेखि कमाण्ड सम्हालेका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानअनुसार चलाउन नसक्दा भद्रगोल बन्यो । पार्टीको भ्रातृ संगठनलाई चलायमान बनाउनुको साटो सिथिल बनाए । संसदीय इतिहासमै कांग्रेसलाई कमजोर बनाएका सभापति देउवाको मनमौजी अहिले पनि जारी छ । १३ औं महाधिवेशनमा निर्वाचित भएका महामन्त्री शशांक कोइराला बलियो प्रतिपक्ष बन्नु पर्नेमा त्यसो गरेनन् । जसले गर्दा देउवाले आफूखसी निर्णय गर्दै जाँदा कांग्रेसको १४ औं महाधिवेशन पनि धकेले । आफ्नो कार्यकाल लम्ब्याए । २०७२ फागुन २४ गते सभापति चुनिएका देउवाको कार्यकाल २०७६ फागुन २३ सम्म भए पनि उनले कार्यकाल दुई वर्ष लम्ब्याए । देउवासामु पदाधिकारी चुँइक्क बोल्न सकेनन् ।…
झापा । इलामको रोङ गाउँपालिका –४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअप भ्यानमा आगजनी गरेको आरोपमा बुलेट किराँती भनिने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति –४ का राईलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार अर्जुनधारा –११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनी प्रदेशको पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियान अन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आह्वानमा कोशी प्रदेशमा यातायात बन्दको अवज्ञा गरेको भन्दै शनिवार पराल बोकेको मे १ ज…
एजेन्सी । सोमबार राति चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा भूकम्प गएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार भूकम्पको तीव्रता ६ दशमलव २ थियो । रिपोर्टका अनुसार भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै प्रान्तमा करिब १११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । गान्सुमा १०० र छिमेकी प्रान्त छिङहाइमा ११ जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्रविन्दु छिङहाइको सिमानामा रहेको गान्सुको जिशिशान काउन्टीमा जमिनबाट १० किलोमिटर तल थियो। तर, अमेरिकी भूगर्भ सर्भेले भूकम्पको म्याग्निच्युड ५.९ रहेको जनाएको छ । सीसीटीभीका अनुसार भूकम्पका कारण पानी र…