झापा । धान झार्न लगाइएको थ्रेसरमा च्यापिएर झापा गाउँपालिकामा एक व्यक्तिको मृत्यु भएको छ ।
बुधबार बिहान करिव ५ बजेतिर झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको हो ।
चन्द्रदेव राजवंशीको प्र१–०१–००१त८०९२ नं को ट्रयाक्टरबाट टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए ।
थ्रेसरमा परेर उनको शरीर टुक्राटुक्रा भएको प्रहरीले जनाएको छ । घटनापछि चालक फरार रहेको बताइएको छ ।
Facebook Comments Box
