काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब नयाँ ढंगले अर्को क्रम भङ्ग गर्ने क्रममा रहेको बताएका छन् ।
शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको भन्दै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको र आम नेपाली जनताको साथ हुने विश्वास पनि व्यक्त गरे ।
उनले केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गरिरहेको आरोपसमेत लगाए ।
उनले यो ऐतिहासिक दिन आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन आग्रह समेत गरे ।
Facebook Comments Box
