Author: खबरमञ्च

झापा । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ। राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा रिक्त हुन लागेको अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्नेगरी छलफल भएको हो। छलफलपछि कार्यव्यवस्था तथा परामर्श समितिले निकालेको सम्भावित कार्यसूचीमा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने उल्लेख छ। संभावित कार्यसूचीअनुसार फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय तोकिनेछ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिदैछ।राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भइसकेको छ। नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेपछि राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र पहिलो,नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेकपा एस चौथो दल छन्।…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराए । आइतवार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र बिरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए । गल्ती बोल्नेका कुरा संसदमा बिरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाइ थियो । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट…

Read More

झापा । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सरसम्बन्धी जनचेतनामूलक गरि विश्व क्यान्सरविरुद्धको दिवस मनाएको छ । नसर्ने रोगको जोखिम बढिरहँदा क्यान्सरको पनि जोखिम बढ्दै गएको तथा अस्पतालमा आउने बिरामीमध्ये महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र पुरुषहरूमा फोक्सोको क्यान्सर बढी देखिने गरेको पूर्वाञ्चल क्यानसर अस्पतालका डाइरेक्टर तथा क्यानसर रोग बिशेषज्ञ डा. बिरेन्द्र यादवले बताए ।  क्यान्सर सम्बन्धी जनचेतना मुलक र्याली, साइकल यात्रा र सरोकारवाला निकायसंग अन्तरक्रिया गरेर क्यान्सर दिवस पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सरविरुद्धको दिवस मनाएको हो । तस्बिरहरूः

Read More

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना तत्काल खारेज हुनुपर्ने बताएका छन् । देशमा कायम रहेको भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि संघीय संरचनालाई खारेज गर्नुको विकल्प नरहेको उनको जिकिर थियो । आइतवार काठमाडौंमा पार्टीको सक्रिय सदस्यता वितरण अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए । उनले केही वर्ष भित्रमा नै राप्रपा नेपाललाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित हुनेगरी पार्टी काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वि.सं. २०७० सालको चुनावमा आफूहरु पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मूल नारा लिएर निर्वाचनमा गएको भए पनि आदिवासी जनजातिकै साथ नपाएको बताए । ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजातिले नै पहिचानबिरोधीलाई भोट दिएको बताएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले यो दोष आदिवासी जनजातिको नभइ पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम…

Read More

बिर्तामोड । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह -६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए । प्रेस चौतारी झापाले माघ २२ गते बिर्तामोड -७ स्थित शहीद नेत्र पार्कमा स्थापना दिवसको अवसर पारेर पूर्व अध्यक्ष उपेक्षितलाई सम्मान गर्ने जानकारी दिएका हुन् । उपेक्षित प्रेस चौतारी झापाका दोस्रो अध्यक्ष हुन् । संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो । स्थापना दिवसमा चौतारीले पूर्व अध्यक्षहरुलाई सम्मान गर्दै आएको छ । बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा चौतारीले स्थापना…

Read More

पोखरा । त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।  शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो । आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक-एक गोल गरेका थिए । उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।

Read More

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए । उनले राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको जिकिर गरे । देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न उनले सुझाव दिए । उनले देशमा अहिले…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिर समेत गरे । शनिवारबाट काठमाडौंको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उनले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिटयान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत बताए । युवालाई उद्यमी बनाउने काममा…

Read More

झापा । झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा आज एकाबिहानैदेखि चारवटा हात्ती बसेका छन् । चिया वगानमा ती हात्ती बिहानैदेखि बसिरहेका स्थानीयबासीले बताए । हात्ती हिँड्ने बाटो पनि नपर्ने उक्त स्थानमा चारवटा हात्तीलाई स्थानीयबासीले खेद्ने प्रयास गरेका थिए । तर हात्ती त्यहाँबाट नगएपछि डिभिजन बन कार्यालयका कर्मचारी आएर सो क्षेत्रबाट मानिस भीड हटाएका छन् । डिभिजन बन कार्यालय झापाका कर्मचारी डिल्लीराम खरेलका अनुसार हात्तीलाई कि उत्तर कि दक्षिणतिर बाटो लगाउने प्रयास गरिनेछ । उनले भने, ‘हामी यहाँ आइपुग्दा स्थानीयबासीले ढुंगा हानेका कारण हात्ती त्रसित थिए । हामीले सबैलाई यहाँबाट हट्न भनेपछि अहिले शान्त भएर बसेका छन् ।’

Read More