झापा । झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा आज एकाबिहानैदेखि चारवटा हात्ती बसेका छन् ।
चिया वगानमा ती हात्ती बिहानैदेखि बसिरहेका स्थानीयबासीले बताए । हात्ती हिँड्ने बाटो पनि नपर्ने उक्त स्थानमा चारवटा हात्तीलाई स्थानीयबासीले खेद्ने प्रयास गरेका थिए । तर हात्ती त्यहाँबाट नगएपछि डिभिजन बन कार्यालयका कर्मचारी आएर सो क्षेत्रबाट मानिस भीड हटाएका छन् ।
डिभिजन बन कार्यालय झापाका कर्मचारी डिल्लीराम खरेलका अनुसार हात्तीलाई कि उत्तर कि दक्षिणतिर बाटो लगाउने प्रयास गरिनेछ ।
उनले भने, ‘हामी यहाँ आइपुग्दा स्थानीयबासीले ढुंगा हानेका कारण हात्ती त्रसित थिए । हामीले सबैलाई यहाँबाट हट्न भनेपछि अहिले शान्त भएर बसेका छन् ।’
Facebook Comments Box
