काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराए ।
आइतवार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र बिरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए ।
गल्ती बोल्नेका कुरा संसदमा बिरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भए पनि अरुले उसको गल्ती सच्याइदिने काम गरिरहन नपर्ने बताए ।
Facebook Comments Box
