झापा । झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सरसम्बन्धी जनचेतनामूलक गरि विश्व क्यान्सरविरुद्धको दिवस मनाएको छ ।
नसर्ने रोगको जोखिम बढिरहँदा क्यान्सरको पनि जोखिम बढ्दै गएको तथा अस्पतालमा आउने बिरामीमध्ये महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र पुरुषहरूमा फोक्सोको क्यान्सर बढी देखिने गरेको पूर्वाञ्चल क्यानसर अस्पतालका डाइरेक्टर तथा क्यानसर रोग बिशेषज्ञ डा. बिरेन्द्र यादवले बताए ।
क्यान्सर सम्बन्धी जनचेतना मुलक र्याली, साइकल यात्रा र सरोकारवाला निकायसंग अन्तरक्रिया गरेर क्यान्सर दिवस पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सरविरुद्धको दिवस मनाएको हो ।
तस्बिरहरूः






Facebook Comments Box
