Author: खबरमञ्च

खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र उनकै छोरा २८ बर्षीय सुमन राईबीच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए । घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ ।

Read More

काठमाडौं । राप्रपाले मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । संवैधानिक राजतन्त्रका पुन:स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत प्रदर्शन गर्न लागेको हो । अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ। राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाइ उतार्ने दाबी गरेको छ । राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय…

Read More

झापा । झापाको गौरीगञ्जमा आगलागी हुँदा भान्सा घर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ । मंगलबार बिहानको राति २ बजेको समयमा गौरीगञ्ज गाउँपालिका वडा नं.६ कनचिरा बस्ने मजेबुल मियाँको इँटाको वाल र टिनको छानो भएको भान्साघरको चुलोबाट अचानक आगो सल्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट भान्साघरमा सामान्य क्षति पुगेको छ भने उक्त भान्साघरभित्र राखेको भारतीय नम्बरप्लेट भएको बीआर ४११५ न. को सुपर स्प्लेण्डर मोटरसाइकल पूर्ण रुपमा जल्दा अन्दाजी १ लाख २५ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Read More

झापा । कोशी सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीलाई मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरू खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेतीले राजीनामा दिएका हुन् । पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका हुन् । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेको थियो । यसैबीच नेकपा माओवादी केन्द्रका सांसदहरू सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिन प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पुगेका छन्…

Read More

विराटनगर । कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताव नपाउने बाध्यता व्यहोरेका विद्यार्थीरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । विगतका वर्षमा शैक्षिकसत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताव नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो । तर यसपटक भने उनीहरूले समयमै किताव पाउने निश्चित भएको छ । स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समयअगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ । नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई मध्यनजर गर्दै केन्द्रले यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री-वितरण थालेको हो…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् । सोमवार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे । उनले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नहुनुभएको ? भन्दै प्रश्न गरे । उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? भन्ने प्रश्न गरे । उनले कुनैपनि घटना विशेषको सत्यतथ्य खोजिनुपर्ने बताए । प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ…

Read More

झापा । झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते भएका छन् । गएराति ९.३० बजेको समयमा दमक नगरपालिका वडा नं.–१ भाङबारीस्थित भित्री सडकखण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प २५६१ नं. को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कमल गाँउपालिका वडा नं.–६ बस्ने २५ वर्षीय शंकर श्रेष्ठ र पछाडि सवार दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय सुजन बुढाथोकी घाइते भएका छन् । दुवै घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

काठमाडौँ । उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारविरूद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवारविरूद्ध उजुरी नपरेको जनाएको थियो । हिजै साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । साथै चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ । आगामी वैशाख…

Read More

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आइतवार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताएका हुन् । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको बताए । उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको बताए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । आइतवार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य सेवालाई समतामुलक ढंगले स्वास्थ्य बीमामार्फत उपलब्ध गराइ सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावाकारी बनाउन आवश्यक रहेको बताए । उनले वास्थ्य बीमा ऐनको प्रावधानअनुसार औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारी, लगायत जनप्रतिनिधिहरुको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गरे । उनले स्वास्थ्य बीमामा आकर्षण बढाउन विमितले सेवा लिने…

Read More