झापा । झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।
गएराति ९.३० बजेको समयमा दमक नगरपालिका वडा नं.–१ भाङबारीस्थित भित्री सडकखण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प २५६१ नं. को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल गाँउपालिका वडा नं.–६ बस्ने २५ वर्षीय शंकर श्रेष्ठ र पछाडि सवार दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय सुजन बुढाथोकी घाइते भएका छन् ।
दुवै घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
