खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र उनकै छोरा २८ बर्षीय सुमन राईबीच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए ।
घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ ।
Facebook Comments Box
