Author: खबरमञ्च

झापा । तेस्रो पक्षमा गइसकेको बिर्तामोड बसपार्कको जग्गा हदबन्दी क्षेत्रफल कायम गर्ने प्रयोजनका लागि गणना गर्नू भनी सर्वोच्च अदालतले भर्खरै दिएको आदेशले अर्जुनधारा ११ मा बनेको टेकबहादुर गिरी बसपार्क वरपरका बासिन्दामा अन्योल छाएको छ। उनीहरू सर्वोच्च अदालतको आदेश अव्यवहारिक भनेका छन् । टेकबहादुर गिरी बसपार्कसमेत रहेको ५१ विघा जग्गामा अहिले करिब ४ सय घर बनेका छन्। त्यही जग्गा अहिले ११५३ वटा कित्तामा विभाजन भएको देखिन्छ। बिर्तामोड ५ र अर्जुनधारा ११ स्थित ५१ विघा जग्गामध्ये ३८ विघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ। प्लटिङमा आवासीय घरसंगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यवसायिक संस्था…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि बुझाउन नसकिएको बताएका छन्। सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले भारतीय पैसा नेपालको बैकिङ प्रणालीमा कारोबार गरेर भारतलाई बुझाउने व्यवस्था नभएकाले भारतीय पैसा बैकिङ कारोबारमा समस्या रहेको बताए । उनले भारतले सन् २०१६ नोबेम्बर ८ मा भारतले ५ सय र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे ५ करोड रुपैयाँ अहिलेसम्म फिर्ता गर्न नसकेको बताए। उनले २०१३ सालमा नेपाल…

Read More

झापा । झापाको बिर्तामोड– ३ बिर्ताबजारमा लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड ३ मा डेरा गरी बस्ने बिर्तामोड– ४ का ३६ वर्षीय रवि दास र १९ बर्षीया आयुसा भुजेललाई बिर्ताबजार प्रहरी चौकीबाट हिजो साँझ खटिएको प्रहरी टोलीले ६९ ग्राम ६२० मिलिग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन्। पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । सम्मानित नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पारे । उनले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलिबाट सूरु हुने पार्टी केन्द्रिय कमिटी बैठकमा थप छलफल हुने पनि बताए। नेकपा एसले मंगलवारबाट ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ । सम्मानित नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा…

Read More

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार बिस्तार हुने बताएका छन्। सोमवार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताउनुभएको हो । उनले सरकार बिस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार बिस्तार गर्ने बताए । कार्कीले ५७ मत प्राप्त गरेका छन् । प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उनलाई समर्थन गरेका छन् । नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए । बहुमत गुमाएका दिन…

Read More

झापा । कोशी प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निणर्यअनुसार बैठकमा सहभागी नभएको बताएका छन्। सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताए । काँग्रेसले सोमबारको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भए पनि त्यसो हुन नसकेको बताए । उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली काँग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए । उनले अदालतको निणर्यलाई स्वीकार गरेर जाने पनि बताए…

Read More

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । संसदमा ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ३, जसपाको १ सांसदले गरी ५७ जना सांसदले पक्षमा मत दिएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । राप्रपाका ५ जना सांसद भने तटस्थ रहे । त्यसआधारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको प्रस्ताव पारि भएको सभमुख अम्बरबहादुर विष्टले घोषणा गरे । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन् । राप्रपाले भने विश्वासको मतको प्रस्तावमा तटस्थ बसेको छ । गत वैशाख…

Read More

झापा । झापाको बुद्धशान्ति ४ बर्नेमा रहेका शिरीषका बोट अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। फुलेर राताम्मे बनेका शिरीषका बोट वरपर झुम्मिने मानिसहरूको संख्या बढ्दै गएको छ। तर जति मानिसहरूको भीड बढ्दै जाँदैछ, फोहोरका थुप्रा पनि त्यति नै बढ्दैछन्। फोहोर बढ्दै गएपछि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको नेतृत्वमा सोमबार भाइरल रुख वरपर सरसफाइ गरिएको छ। पानीका बोतल, गुट्खाका खोल, प्याकेटका खानेकुराका प्लास्टिक तथा रक्सी/बियरका बोतल जहाँ पायो त्यही फाल्ने गरेकाले गाउँपालिकाले उक्त क्षेत्रको सरसफाइ गरेको हो। त्यसैले त्यहाँ पुगेर प्राकृतिक दृश्यको मजा लिने पर्यटकहरूलाई जिम्मेवार बन्न गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले आग्रह गरेका छन्। सोमबार बिहान गरिएको सरसफाइ कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,…

Read More

काठमाडौँ । नेकपा(एमाले) मधेस प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताएका छन्। आइतवार मधेस प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट नेकपा (एमाले) बाहिरिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताएका हुन् । उनले आफूहरुले दुई पटक अरुलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरुकै नेतृत्वमा सरकार बन्न सक्ने बताए । उनले सरकार गठनका लागि अन्य राजनीतिक दलहरुसँग परामर्श गर्ने बताए । आफूहरुले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उनको भनाइ थियो ।

Read More

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलका शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने बताएकी छिन्। आइतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरुको प्रतिवद्धताबिना त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्न नसकिने बताएकी हुन् । उनले आफूले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग अनौपचारिक रुपमा छलफल गर्न चाहेको भए पनि समय नपाएको बताइन् । उनले विश्वविद्यालयलाई दलीय राजनीतिकरण नगर्नका लागि दलहरु सहमत भएमा विश्वविद्यालयमा सुधार सम्भव हुने बताइन् । उनले विश्वविद्यालयलाई राजनीतिबाट अलग राख्न सहयोग गर्न सांसदहरुलाई आग्रह पनि गरिन् । उनले विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त…

Read More