झापा । कोशी प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निणर्यअनुसार बैठकमा सहभागी नभएको बताएका छन्।
सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताए ।
काँग्रेसले सोमबारको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भए पनि त्यसो हुन नसकेको बताए ।
उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली काँग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए । उनले अदालतको निणर्यलाई स्वीकार गरेर जाने पनि बताए ।
Facebook Comments Box
