काठमाडौँ । नेकपा(एमाले) मधेस प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताएका छन्।
आइतवार मधेस प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट नेकपा (एमाले) बाहिरिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताएका हुन् ।
उनले आफूहरुले दुई पटक अरुलाई मुख्यमन्त्री बनाएको भन्दै तेस्रो पटक भने आफूहरुकै नेतृत्वमा सरकार बन्न सक्ने बताए । उनले सरकार गठनका लागि अन्य राजनीतिक दलहरुसँग परामर्श गर्ने बताए ।
आफूहरुले बहुमत सिद्ध गर्न नसके वर्तमान सरकारकै निरन्तरता हुने उनको भनाइ थियो ।
Facebook Comments Box
