Author: खबरमञ्च

काठमाडौँ । ३०औँ पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् । ‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,’ सगरमाथा आधारशिविरबाट कार्यालय प्रमुख गौतमले भने । वसन्त ऋतुको जारी आरोहणमा उहाँले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् । फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका…

Read More

काठमाडौं । सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान बदरलगायतको माग गर्दै कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमाथि आज सुनुवाइ हुने भएको छ । गत बैशाख २८ गते कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि पनि उनले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ बैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए । सोही आव्हानपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको…

Read More

जनकपुरधाम । नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइएको छ । उनलाई स्थलमार्ग (बिपि राजमार्ग) बाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम ल्याइएको हो । सिरोहिया बिहान ५ बजेर ५० मिनेटमा जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका हुन् । सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट फक्राउ परेका सिरोहियालाई प्रहरीले सिधै धनुषा ल्याएको हो । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। नागरिकता किर्ते प्रकरणमा…

Read More

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा पुर्याइएको छ। उनलाई प्रहरीले धनुषा जिल्ला प्रहरी कार्यालय पुर्याइएको हो। नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ प्रहरीको टोलीले कैलाशलाई मंगलबार कार्यालयबाटै पक्राउ गरेको थियो। यसैबीच, प्रहरीले कैलाशलाई पक्राउ गर्नुका ६ आधार प्रस्तुत गरेको छ। यी हुन् आधार १) कैलाशप्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय, धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको तर उनले नागरिकता लिनुपूर्व नै त्यही नम्बरको नागरिकता शिवजी साहु तेलीको नाममा जारी भएको देखिनु । २) जिल्ला प्रशासनकार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१/०१/२० को पत्रअनुसार प्राप्त जवाफमा ०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु–आमाबाट नेपाल अधिराज्यमा जन्मभएका नागरिकको नागरिकताको दर्ता किताबमा नाम दर्ता रहेको…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

Read More

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार प्रकाशित गरेको विषयसँग जोडेर प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सत्तारूढ र अन्य दलका नेताहरूले विरोध जनाएका छन् । नागरिकताको विषयमा आवश्यक सोधपुछ र अनुसन्धान नगरी हठात् पक्राउ गर्नुले सरकारको नियतमाथि प्रश्न उब्जिएको उनीहरूले बताएका हुन् । सरकारको नेतृत्व गरिरहेको माओवादीका सचिव राम कार्कीले कान्तिपुरका अध्यक्ष सिरोहियालाई आवश्यक सोधपुछसमेत नगरी पक्राउ गरिएकाले सरकारको नियतप्रति आशंका उत्पन्न भएको बताए । सिरोहियालाई पक्राउ गर्ने निर्णय अपरिपक्व भएको उनको भनाइ छ । ‘जुन विषयमा अभियोग लगाएर पक्राउ गरियो, यो परिस्थितिमा तुरुन्तै पक्राउ गर्ने अवस्था देखिँदैन,’ उनले भने, ‘नागरिकतामा प्रश्न उठेपछि बयान नै नलिई पक्राउ गरेकाले सरकारप्रति आशंका उठेको छ ।’…

Read More

झापा । नेपाली कांग्रेसका युवा नेता नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अबीर र खादा लगाइदिएर उनलाई पार्टी प्रवेश गराएका हुन्। यसअघि खड्का कांग्रेसको भ्रातृ संगठन तरुण दल झापाका पूर्व अध्यक्ष थिए। मेची उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष खड्का हाल नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन्।

Read More

झापा । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्रप्रसाद अधिकारी नियुक्त भएका छन्। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। झापा गरामनी निवासी अधिकारी मेची बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका उप–प्राध्यापक हुन्। उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्यस्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन्।

Read More

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले संक्रमणकालिन न्याय (टिआरसी) सम्बन्धि विधेयक अहिलेको संघीय संसदले बनाउन नसक्ने दाबी गरेका छन् । तत्कालीन विद्रोही माओवादी र राज्य पक्षबाट वेपत्ता पारिएका नागरिकको अवस्था पत्ता लगाउनका लागि विस्तृत शान्ति सम्झौतामा संवैधानिक आयोग गठनको प्रावधान राखिए पनि दुवै पक्षले आफ्नो तर्फबाट सत्य बताउन नचाँहदा अहिलेसम्म पनि उनीहरुको अवस्था थाहा हुन नसकेको उनको भनाइ थियो । सोमवार काठमाडौंमा आयोजित वेपत्ता योद्धाहरु सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले राज्य पक्ष जिम्मेवार नभएकाले वेपत्ता योद्धाहरुको खोजी कार्य नै अघि बढन नसकेको जिकिर गरे । उनले पीडित पक्षले राज्यलाई सो विषयमा जिम्मेवार बनाउन प्रश्न गर्नुपर्ने सुझाव समेत दिए ।…

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काँग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ । सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभयो । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा काँग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै काँग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए । उनले काँग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि काँग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए । उनले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम काँग्रेसले गरेको बताए । उनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर काँग्रेसलाई तर्साउन नखोज्न चेतावनी…

Read More