झापा । नेपाली कांग्रेसका युवा नेता नरेन्द्र खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अबीर र खादा लगाइदिएर उनलाई पार्टी प्रवेश गराएका हुन्।
यसअघि खड्का कांग्रेसको भ्रातृ संगठन तरुण दल झापाका पूर्व अध्यक्ष थिए।
मेची उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष खड्का हाल नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका छन्।
Facebook Comments Box
