काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काँग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ ।
सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभयो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा काँग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै काँग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए ।
उनले काँग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि काँग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए ।
उनले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम काँग्रेसले गरेको बताए । उनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर काँग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिए ।
उनले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको काँग्रेसको ठहर रहेको बताए ।
