झापा । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्रप्रसाद अधिकारी नियुक्त भएका छन्।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
झापा गरामनी निवासी अधिकारी मेची बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका उप–प्राध्यापक हुन्।
उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्यस्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन्।
Facebook Comments Box
