Author: खबरमञ्च
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति सरकारबाट प्रस्तुत हुन थालेको बताएका छन्। आइतवार काँग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढिरहेको बताए । उनले ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश, श्रमजीवी, नागरिकको चिन्ताको बारेमा नभइ सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरिबन्धु टि स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप…
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेस चुनौति सामना गर्न तयार रहेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने उनले बताए । उनले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे । उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताए । उनले काँग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताए । सरकार पेलेर जाने हो…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारसँग नडराएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । आइतबार राति १०:१७ बजे स्ट्याट्स लेख्दै बालेनले भनेका छन् ‘अहिलेको सरकारले ज्यान लिन सक्छ रे ? लेउ न त , म के बाग्रेनिङ गरेर बसेको छु र ? को डराएको छ तिमीहरूसँग ?’ मेयर बालेनले यो के सन्दर्भमा स्ट्याटस लेखेको खुलाएका छैनन् । तर यो स्ट्याटस महानगर र सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौँसँग सम्बन्धित रहेको सहजै बुझ्न सकिन्छ । किन कि शनिबार दिउँसो काठमाडौँ महानगरले सडक डिभिजन काठमाडौँको कार्यालय बाहिरको सडकमा धुलो थुपारिदिएको थियो । चक्रपथको कलंकी-महाराजगञ्ज सडक…
काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । शनिबारको बैठकमा उक्त विषय टुङ्गो लाग्न नसकेपछि आज बैठक बस्ने भएको हो । कार्यादेशमा टुङ्गो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आज बस्ने सहमति भएको थियो । शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले सुप्रिम, सूर्यदर्शनलगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीकै…
सहकारी प्रकरण: कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउन सहमति, शीर्ष नेताबाट अन्तिम टुंगो लाग्ने
काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ । शनिवार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा सो सहमति जुटेको हो । यद्यपि शिर्ष नेताहरुको बैठकपछि मात्रै अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बन्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनका अनुसार बैठक आज नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शीर्ष नेताहरुको बैठकपछि मात्रै संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने गिरीले बताए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विगत लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति…
झापा । त्यो घना बस्ती। टाँसिएका छाप्रा। चैत-बैशाख-जेठ महिनामा गर्मीमा खप्नै नसक्ने गरी गर्मी हुने। भुटानी शरणार्थी शिविरको कथा थियो एक समय। अहिले अधिकांश भुटानी शरणार्थी तेस्रो देश पुनर्स्थापना कार्यक्रममार्फत विश्वका विभिन्न मुलुक पुगेका छन्। शिविरहरूको कष्टपूर्ण जीवनबाट अहिले अधिकांशले अर्कै जुनी पाएको अनुभूति गरेका छन्। जुनबेला शिविरको जीवन थियो, त्योबेला जीवनशैलीमा निकै कठिनाइ भोग्नुपरेको पीडामा आगलागीका घटना पनि थिए। पटक-पटक हुने आगलागीका घटनाले धैरै शरणार्थीले सम्पत्ति गुमाए। जुन २००८ मार्च १ तारिक गोल्धाप शिविरका शरणार्थीले पनि भोगे। त्यही आगलागीका घटनाबारेको रेडियो रिपोर्ट बीबीसी नेपाली सेवाले प्रसारण गरेको थियो। स्मरणस्वरुप सुनौं त्यो बेलाको रिपोर्टः https://www.youtube.com/watch?v=AKBmNMzTZpE&t=7s
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । उनले शनिबार महासेठलाई एक ट्रक धुलो उपहार पठाएका हुन् । बालेनले विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धुलो पठाएको कुरा सार्वजनिक गरेका छन् । जबसम्म काम अगाडि बढ्दैन तबसम्म हरेक दिन महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने समेत बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।
काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताएका छन्। दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साहित्य समाजको ऐना भएको बताए । उनले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताए । उनले मानव र समाजको लागि अनुपयोगी वा बिरुद्ध हुने कुनैपनि कार्य वा सिर्जना प्रकृति र श्रृष्टिको नियमबिरुद्ध हुने जिकिर गरे । समय गतिशील र समाज प्रगतिशील एवं परिवर्तनशील रहेको भन्दै सिर्जना र कामहरु समय सापेक्ष र समाज सापेक्ष हुनुपर्ने उनको भनाइ थियो । उनले कल्पनाशीलता रचनात्मक र सिर्जनात्मक भयो…
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताएका छन्। शनिवार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन वागमी प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा हुने वहस, छलफल, शब्द चयनहरु स्तरहिन, मर्यादाहिन भएको बताए । संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भए पनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको बताए । अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको उनको भनाइ थियो । उनले आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकतोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए । अहिलेको राष्ट्रिय…
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताएका छन्। शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यापालिका र सञ्चार जगत लोकतन्त्रका महत्वपूणर् आधारस्तम्भहरु भएको बताए । उनले न्यापालिका र सञ्चार जगतको अभावमा लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरे । उनले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानूनको शासन समृद्ध बन्न नसक्ने बताए । उनले नेपालको संविधानको प्रश्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको…