झापा । त्यो घना बस्ती। टाँसिएका छाप्रा। चैत-बैशाख-जेठ महिनामा गर्मीमा खप्नै नसक्ने गरी गर्मी हुने। भुटानी शरणार्थी शिविरको कथा थियो एक समय।
अहिले अधिकांश भुटानी शरणार्थी तेस्रो देश पुनर्स्थापना कार्यक्रममार्फत विश्वका विभिन्न मुलुक पुगेका छन्। शिविरहरूको कष्टपूर्ण जीवनबाट अहिले अधिकांशले अर्कै जुनी पाएको अनुभूति गरेका छन्।
जुनबेला शिविरको जीवन थियो, त्योबेला जीवनशैलीमा निकै कठिनाइ भोग्नुपरेको पीडामा आगलागीका घटना पनि थिए। पटक-पटक हुने आगलागीका घटनाले धैरै शरणार्थीले सम्पत्ति गुमाए। जुन २००८ मार्च १ तारिक गोल्धाप शिविरका शरणार्थीले पनि भोगे।
त्यही आगलागीका घटनाबारेको रेडियो रिपोर्ट बीबीसी नेपाली सेवाले प्रसारण गरेको थियो। स्मरणस्वरुप सुनौं त्यो बेलाको रिपोर्टः
Facebook Comments Box
