काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराध जस्तो प्रवृत्ति सरकारबाट प्रस्तुत हुन थालेको बताएका छन्।
आइतवार काँग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढिरहेको बताए ।
उनले ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश, श्रमजीवी, नागरिकको चिन्ताको बारेमा नभइ सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको बताए ।
उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरिबन्धु टि स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सहकारीबन्धु गठबन्धन भएको बताए ।
