काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताएका छन्।
दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साहित्य समाजको ऐना भएको बताए ।
उनले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताए । उनले मानव र समाजको लागि अनुपयोगी वा बिरुद्ध हुने कुनैपनि कार्य वा सिर्जना प्रकृति र श्रृष्टिको नियमबिरुद्ध हुने जिकिर गरे ।
समय गतिशील र समाज प्रगतिशील एवं परिवर्तनशील रहेको भन्दै सिर्जना र कामहरु समय सापेक्ष र समाज सापेक्ष हुनुपर्ने उनको भनाइ थियो ।
उनले कल्पनाशीलता रचनात्मक र सिर्जनात्मक भयो भने समाजलाई डोर्याउन र मार्गदर्शन गर्नसक्ने बताए ।
Facebook Comments Box
