Author: खबरमञ्च

झापा । मनसुन क्रम भित्रिने दिन नजिकिएसँगै झापामा विपद्को सामना गर्नका लागि पूर्व तयारीका काम तिब्र बनाइएको छ। मनसुन नभित्रिँदै अकास्मात हुने बर्षाले क्षति गर्न थालिसकेको छ। यही बेलामा जिल्ला विपद् व्यवस्थापन समितिले विपद्सँग लड्नका लागि पूर्व तयारी तिब्र बनाएको हो। झापा जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तिब्र गतिमा भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। जिल्ला विपद् व्यवस्थापन समिति झापाले मेचीनगर १३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा मंगलबार गरेको विपद् सम्बन्धी संयुक्त अभ्यासका क्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्यांक संकलन गर्ने,…

Read More

झापा । आईसीसी टी–२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । टी–२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । अमेरिकाको डालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेदरल्यान्ड्स टी-२० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो । यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

Read More

काठमाडौँ । झापा जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्यांक संकलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालका अनुसार जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ६ वटा पालिका रहेका छन् । गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेको छ । उनका अनुसार मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति…

Read More

काठमाडौँ । भारतीय लोकसभा चुनाव नतिजा आज सार्वजनिक हुने भएको छ । यससँगै भारतमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुङ्गो लाग्नेछ । सबै ५४२ लोकसभा सिटहरूको मतगणना आज बिहान ८ बजे सुरु हुनेछ। पहिले हुलाक मतपत्रको मतगणना सुरु हुनेछ र आधा घण्टापछि ईभीएममा परेको मत गणना हुनेछ । कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै ईभीएमबाट मतगणना सुरु हुनेछ । 

Read More

झापा- झापाको दमकदेखि इलामको माङ्सेबुङतर्फ जाँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु गएको छ । एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले जानकारी दिए । मृत्यु हुनेहरुमा इलाम माङ्सेबुङ गाउँपालिका ५ बस्ने वर्ष अन्दाजी ३० की सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका ३ बस्ने निरु लिम्बुका छोरा अन्दाजी वर्ष २ का निहाङ लिम्बू रहेका छन् । त्यस्तै इलाम माङ्सेबुङ गाउँपालिका ३ खलङ्गे बस्ने वर्ष अन्दाजी २६ की निरु लिम्बू घाइते भएकी छन् । उनको लाइफ लाइन अस्पताल दमक झापामा उपचार भइरहेको छ । सोमबार साँझ इलाम चुलाचुली ५ चेप्टीस्थित…

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टिस्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सोध्न आग्रह गरेका छन्। सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीको गिरट्बठन्धु टिस्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै उनले मेयर साहलाई सोध्न आग्रह गरेका हुन् । मेयर साहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टिस्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए । सञ्चारकर्मीहरुको गिरीबन्धु टि स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्।’ सोमवार मेयर साहले १० हजार करोडको काण्ड…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ मौद्रिक नीति खुला भएर लचिलो मौद्रिक नीति ल्याउने बताएका छन्। आइतवार काठमाडौंमा भएको इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समिक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताए । उनले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने बताए । उनले मौद्रिक नितिका विषयमा छलफल शुरु गरेको भन्दै कर्जा र ब्याजदर धेरैको चासो रहेको बताए । गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो…

Read More

काठमाडौँ । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनीमुन सिटी बनाउन माग गरेका छन्। सोमवार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनीमुन सिटी बनाउनुपर्ने बताए । उनले नवविवाहित जोडीहरु घुम्न जाने शहरको रुपमा हनीमुन सिटी बनाउनुपर्ने बताएका हुन् । त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनीमुनसीप बनाउनुपर्ने पनि उनको भनाइ छ । उनले भने, ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनीमुन हब्स भएन । हनीमुन सिटी भएन । हनीमुन…

Read More

काठमाडौँ । देशका विभिन्न शहरहरुमा विद्युत कटौती हुने गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन् । तराई, मधेसमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौती गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आक्रोश व्यक्त गरेका हुन् । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४/५४ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगंजमा अघोषित रुपमा विद्युत कटौती हुने गरेको भन्दै आपत्ति जनाइन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत कटौती नगर्न सरकारलाई दबाब दिए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ललितपुरवासीका लागि तत्काल खानेपानीको…

Read More

झापा । आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुने कोशी प्रदेश सभाको बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपरान्ह ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नयाँ सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको थियो । दुई वटा बैठकसम्म सांसदलाई रोकेको कांग्रेस तेस्रो बैठकमा सहभागी बन्न लागेको हो ।​ केही दिन अगाडि बसेको कांग्रेस संसदीय दलको बैठकमा…

Read More