Author: खबरमञ्च

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गरेकी छन्। बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्यूनीकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको बताइन् । उनले हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्ने कार्यमा लाग्नुपर्ने बताइन् । उनले अहिले हिमालमा हिउँ पर्न छोडेको, हिमालहरु पहाड बन्दै गएको, उर्वराशक्तिमा ह्रास आउनुले जलवायु परिवर्तनको असर कस्तो छ ? भन्ने अनुमान गर्न सकिने बताइन् । जलवायु परिवर्तनका असर कम गर्न एक्शन प्लान बनाएर काम गर्न जरुरी रहेको उपसभामुख रानामगरको भनाइ थियो। उपसभामुख रानामगरले बाँसका…

Read More

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन्। बुधवार काठमाडौंमा नागरिकता र नागरिकता सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरी छलफलबाट आएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान सकिने बताए । निकट भविष्यमा नै नागरिकता सम्बन्धी देखिएका समस्याहरुलाई सम्बोधन कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी भएको उनले बताए । आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु सच्याउन जरुरी रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो। उपप्रधानमन्त्री लामिछानेले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधारहरु धेरै रहेको बताए…

Read More

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो। बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची छ । बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र ‘भन्सार…

Read More

झापा । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ । भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । सन् २०१९ मा भाजपा एक्लै ३०३ सिटका साथ बहुमत हासिल गरेको थियो । सन् २०१९ मा ५२ सिटमा सीमित भएको कांग्रेस एक्लैले ९९ सिट जितेको छ । समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ । बहुमतका…

Read More

काठमाडौँ । मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ…

Read More

झापा । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ । आज समूह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुँदै छ ।  न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुनेछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ । समूह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।

Read More

झापा । जारी टी-२० विश्वकपमा नेपालले हारबाट शुरुवात गरेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।  यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले…

Read More

झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको परिणाम अन्तिमतिर पुग्दै गर्दा जनताले तेस्रो पटक विश्वास गरेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा उनले देशका जनता-जनार्दनले एनडीएलाई लगातार तेस्रो पटक आफ्नो विश्वास दिएको बताए । ‘भारतको इतिहासमा यो एक अभूतपूर्व पल हो ।  म यस स्नेह र आशीर्वादका लागि आफ्नो परिवारजनप्रति नमन गर्छु’, मोदीले भनेका छन्,’म देशवासीलाई उनीहरूको आकांक्षा पूरा गर्ने कुरामा विश्वास दिलाउँछौँ । हामी नयाँ ऊर्जा, नयाँ उमंग, नयाँ संकल्पसहित अघि बढ्ने छौँ।’ ताजा अवस्थामा एनडीएले २९१ सिट जितेको छ । उता कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितिसकेको छ । तर भाजपा आफैंले एकल बहुमत ल्याउन भने…

Read More

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिएका छन्। आइतवार काठमाडौंमा विभिन्न सेखलकुद संघहरुको वार्षिक क्यालेण्डर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले वार्षिक क्यालेण्डर सार्वजनिक नगर्ने संघहरुलाई तत्काल क्यालेण्डर बनाएर सार्वजनिक गर्न र क्यालेण्डर नबनाए अप्रिय निणर्य लिन बाध्य हुने चेतावनी दिए । उनले खेलकुद संघहरुले खेलहरु नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ झुन्डिरहन आवश्यक नरहेको पनि स्पष्ट पारे । उनले खेलकुदलाई कुनै संघ बन्धक बनाएर राख्न नहुने बताए । उनले भने, ‘यो संघहरुको पनि २७ हुँदै ४१ को संख्यामा आयो भन्ने छ । जुन संघहरुले आफ्नो…

Read More

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिने निणर्य गरेको छ । मंगलवार बसेको पार्टी संसदीय दलको बैठकबाट मधेस सरकारबाट बाहिरिने निणर्य गरेको हो । नेकपा (एकिकृत समाजवादी) पार्टीको सरकारबाट बाहिरिने निणर्य गरेसँगै एकीकृत समाजवादीका मन्त्रीहरु मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुग्दा मुख्यमन्त्री यादव निवासबाट बाहिरिएका थिए । एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका मन्त्रीहरु गोविन्द न्यौपाने र बेची लुङ्गेली मुख्यमन्त्री यादवलाई राजिनामा बुझाउन प्रतिक्षा गरिरहेका छन् । मुख्यमन्त्री नआए पनि आफूहरू भने राजीनामाको प्रक्रिया पूरा गरेरै मन्त्रीद्वयले बताएका छन् । एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि बुधबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री यादवका लागि संकट बढ्दै गइरहेको छ…

Read More