जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिने निणर्य गरेको छ ।
मंगलवार बसेको पार्टी संसदीय दलको बैठकबाट मधेस सरकारबाट बाहिरिने निणर्य गरेको हो । नेकपा (एकिकृत समाजवादी) पार्टीको सरकारबाट बाहिरिने निणर्य गरेसँगै एकीकृत समाजवादीका मन्त्रीहरु मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुग्दा मुख्यमन्त्री यादव निवासबाट बाहिरिएका थिए ।
एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका मन्त्रीहरु गोविन्द न्यौपाने र बेची लुङ्गेली मुख्यमन्त्री यादवलाई राजिनामा बुझाउन प्रतिक्षा गरिरहेका छन् ।
मुख्यमन्त्री नआए पनि आफूहरू भने राजीनामाको प्रक्रिया पूरा गरेरै मन्त्रीद्वयले बताएका छन् । एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि बुधबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री यादवका लागि संकट बढ्दै गइरहेको छ ।
Facebook Comments Box
