काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गरेकी छन्।
बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्यूनीकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको बताइन् ।
उनले हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्ने कार्यमा लाग्नुपर्ने बताइन् । उनले अहिले हिमालमा हिउँ पर्न छोडेको, हिमालहरु पहाड बन्दै गएको, उर्वराशक्तिमा ह्रास आउनुले जलवायु परिवर्तनको असर कस्तो छ ? भन्ने अनुमान गर्न सकिने बताइन् ।
जलवायु परिवर्तनका असर कम गर्न एक्शन प्लान बनाएर काम गर्न जरुरी रहेको उपसभामुख रानामगरको भनाइ थियो।
उपसभामुख रानामगरले बाँसका सामग्री, माटोको भाँडाहरुको प्रयोग बढाएर प्लास्टिकहरुको प्रयोग कम गर्न आह्वान गरिन् ।
Facebook Comments Box
