झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको परिणाम अन्तिमतिर पुग्दै गर्दा जनताले तेस्रो पटक विश्वास गरेको बताएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमा उनले देशका जनता-जनार्दनले एनडीएलाई लगातार तेस्रो पटक आफ्नो विश्वास दिएको बताए ।
‘भारतको इतिहासमा यो एक अभूतपूर्व पल हो । म यस स्नेह र आशीर्वादका लागि आफ्नो परिवारजनप्रति नमन गर्छु’, मोदीले भनेका छन्,’म देशवासीलाई उनीहरूको आकांक्षा पूरा गर्ने कुरामा विश्वास दिलाउँछौँ । हामी नयाँ ऊर्जा, नयाँ उमंग, नयाँ संकल्पसहित अघि बढ्ने छौँ।’
ताजा अवस्थामा एनडीएले २९१ सिट जितेको छ । उता कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितिसकेको छ । तर भाजपा आफैंले एकल बहुमत ल्याउन भने असफल भएको छ ।
Facebook Comments Box
