Author: खबरमञ्च
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदूतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन्। मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका हुन् । प्रवक्ता महतले सरकारले देशको लागि नभइ आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए। सरकारले देशको लागि काम गर्ने नभइ आफ्नालाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाइ थियो । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए ।
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्। मंगलवार प्रदेश योजना आयोगको आयोजना गरेको प्रदेश विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले योजना तथा कार्यक्रमहरु गैरसहकारी र निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने बताए । उनले निजी क्षेत्रको सहकार्यमार्फत प्रदेश सरकारले आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिने बताए । उनले आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने योजनाका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताए । उनले केही चुनौतीहरूका बाबजुद पनि स्रोत र सम्भावनाका क्षेत्रहरूको प्राथमिकीकरण गर्नसके मात्रै प्रदेश सरकारका निश्चित लक्ष्य पूरा गर्न सकिने धारणा राखे ।…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डाको जेनेभा प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी जेनेभा प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा मन्त्रीहरु पुगेका थिए । राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले जर्मनीका…
झापा । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गरेका हुन् । गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराए । उनीसँगै मन्त्री परिषद्का ११ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन् । विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नर बहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रुपमा शपथ ग्रहण गरे । सिक्किममा गत १९ अप्रेल २०२४ मा सम्पन्न विधानसभा चुनावमा…
झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अर्जुनधारा ३ मदनपुर बस्ने ३७ वर्षीय दिलबहादुर विश्वकर्मा र बिर्तामोड नगरपालिका वडा न. ५ बस्ने ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी राय रहेका छन् । गएराति ८ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.३ मदनपुर टोलस्थित अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको छ । त्यस्तै राति ८ बजेको समयमा मेचीनगर नगरपालिका वडा न. ६ पुरानो मेची पुलमा प्रहरी…
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्। आइसीसी टि २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उन यस्तो बताएका हुन् । उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताए । उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने दाबी गरे । उनले भने, ‘वेस्टइण्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ । विकेटटेकर बलर…
झापा । काठमाडौं विश्वविद्यालय (केयू) ले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ। सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो। आदेशलगत्तै काठमाडौं विश्वविद्यालयले आइतबार कार्यकारी समितिको बैठकमार्फत चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो। काठमाडौ विश्वविद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरेको जानकारी दिए। ‘सर्वोच्चले हामी (केयु) र चिकित्सा शिक्षा आयोगका नाममा १५ दिनभित्र सम्बन्धन दिनु भनी परमादेश दिए अनुसार आयोगलाई हामीले पत्राचार गरेका छौुं, हुमागाईंले भने, ‘परमादेशमा यसै…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन जेनेभा प्रस्थान गर्ने भएका हुन् । उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण…
झापा । करिव तीन साताअघि बिर्तामोडमा चक्कु प्रहार गरी फरार रहेका बरुण धिमाल पक्राउ परेका छन् । फरार रहेका धिमाललाई खोजतलास गर्ने क्रममा आइतवार बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ पुलचौकबाट पक्राउ गरिएको हो । जेठ ६ गते राति ८ः३० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ घर भई बिर्तामोड नगरपालिका वडा न.३ स्थित विनिता ढकालको घरमा डेरा गरी बस्ने २८ वर्षीय धिमालले सुनसरी साबिक इटहरी नगरपालिका वडा नं.८ घर भई सोही घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी ७० का काशीनाथ गौतमलाई पेट र शरीरको बिभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरी घाईते बनाई फरार भएका थिए । धिमाललाई झापा जिल्ला…
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई आज (सोमबार) बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गरिन् । समूहमा रहेका १५ जनाले तीन तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् । मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यतिनै संख्यामा बाख्रा अर्को समूहलाई हस्तान्तरण गर्नु पर्ने व्यवस्था छ । आज प्रदान गरिएको बाख्रा वडा नम्बर ८ को किशान भिट्टा व्यवसायिक तथा…