काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।
मंगलवार प्रदेश योजना आयोगको आयोजना गरेको प्रदेश विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकारले योजना तथा कार्यक्रमहरु गैरसहकारी र निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने बताए । उनले निजी क्षेत्रको सहकार्यमार्फत प्रदेश सरकारले आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिने बताए ।
उनले आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने योजनाका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताए । उनले केही चुनौतीहरूका बाबजुद पनि स्रोत र सम्भावनाका क्षेत्रहरूको प्राथमिकीकरण गर्नसके मात्रै प्रदेश सरकारका निश्चित लक्ष्य पूरा गर्न सकिने धारणा राखे ।
धार्मिक पर्यटक, शिक्षा, स्वास्थ्य, कृषि, जललगायत धेरै क्षेत्रमा कोशी प्रदेश पर्याप्त सम्भावना बोकेको प्रदेश भएकाले यसलाई प्राथमिकीकरण गर्दै निजी तथा गैरसहकारी क्षेत्रसंगको सहकार्यमा अगाडि बढ्ने मुख्यमन्त्रीको भनाइ छ ।