झापा । करिव तीन साताअघि बिर्तामोडमा चक्कु प्रहार गरी फरार रहेका बरुण धिमाल पक्राउ परेका छन् ।
फरार रहेका धिमाललाई खोजतलास गर्ने क्रममा आइतवार बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ पुलचौकबाट पक्राउ गरिएको हो ।
जेठ ६ गते राति ८ः३० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ घर भई बिर्तामोड नगरपालिका वडा न.३ स्थित विनिता ढकालको घरमा डेरा गरी बस्ने २८ वर्षीय धिमालले सुनसरी साबिक इटहरी नगरपालिका वडा नं.८ घर भई सोही घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी ७० का काशीनाथ गौतमलाई पेट र शरीरको बिभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरी घाईते बनाई फरार भएका थिए ।
धिमाललाई झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box
