काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदूतहरु हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन्।
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका हुन् ।
प्रवक्ता महतले सरकारले देशको लागि नभइ आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए।
सरकारले देशको लागि काम गर्ने नभइ आफ्नालाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनको भनाइ थियो । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए ।
Facebook Comments Box
