Author: खबरमञ्च
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोषजनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले सरकारले देशमा भएका अप्ठरालाई सहजिलोमा परिणत गर्ने पनि बताए। उनले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । तर, आज सन्तोष मान्न र खुसीको अवस्था छैन । हामीले यस अवस्थालाई हामीले बदल्नै…
काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८०/०८१मा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन । गत वर्ष लक्ष्य भन्दा १ खर्ब ४६ अर्ब रुपैयाँ कम राजश्व संकलन भएको हो । आन्तरिक राजश्व विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताले ६७७ अर्ब आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य भए पनि आर्थिक वर्ष २०८०/८१ मा ५३१ अर्ब मात्रै आन्तरिक राजश्व संकलन भएको बताए। उनले चालु आर्थिक वर्षको लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व विभागलाई ७०१ अर्बको राजश्व लक्ष्य तोकिएर आएको…
झापा । स्पेनको राष्ट्रिय टोलीले युरोपियन च्याम्पियनसिपमा आफ्नो विजयको उत्सव मनाएको छ । गत आइतवार राति बर्लिनमा भएको खेलमा इङ्ल्याण्डलाई २–१ ले हराएर प्रतियोगितामा सातवटै खेल जितेको टोली म्याड्रिडको बराजास विमानस्थलमा पुगेको थियो । खेलाडीहरूलाई स्पेनको राजधानीको बाहिरी भागमा रहेको पलासियो डे ला जर्जुएलामा ड्राइभ गर्नुअघि आराम गर्न होटलमा लगिएको थियो राजा फिलिप र शाही परिवारको बधाई प्राप्त भएसँगै उनीहरुले उत्सव मनाएका हुन् । त्यसपछि उनीहरु स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्नको लागि गएका थिए ।
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बिहीबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । बिहीबार भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ।…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने तयारी गरेका हुन्। एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनका लागि सभामुख देवराज घिमिरेलाई मौखिक जानकारी गराएका छन्। छिट्टै संसद सचिवालयलाई पनि पत्रमार्फत जानकारी दिने ती नेताको भनाइ छ। स्रोतका अनुसार आगामी आइतबार विश्वासको मत लिनेगरी तयारी गर्न प्रधानमन्त्रीले सभामुख घिमिरेलाई भनेका हुन्। संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। उनले कांग्रेससँगै जनता समाजवादी पार्टी र…
झापा । फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेलाई स्पेनिस क्लब रियाल मड्रिडले ५ वर्षका लागि अनुबन्ध गरेको छ । रियालले एम्बाप्पेलाई प्रति सिजन १ करोड ५० युरो दिने गरि क्लबमा भित्र्याएको हो । रियालमा एम्बाप्पेले ९ नम्बरको जर्सी लगाउने छन् । यसअघि उनी पेरिस सेन्ट जर्मन (पिएसजी) मा थिए । अनुबन्धपछि एम्बाप्पेले रियालबाट खेल्ने आफ्नो सानैदेखिको सपना पुरा भएको प्रतिक्रिया दिएका छन् । फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ । क्लबसँग औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्पेलाई रियल म्याड्रिडको स्टेडियममा ८० हजारभन्दा बढी फ्यानहरूले स्वागत गरेका थिए । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने…
झापा । बंगलादेशको राजधानी ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै दूतावासले बंगलादेशमा पछिल्लो समय भइरहेको झडप र हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै विद्यार्थीलाई बाहिन ननिस्कन आग्रह गरेको हो । दूतावासको सूचनामा भनिएको छ, ‘बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध…
चितवन । सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको अध्ययन कार्यदलको टोलीले घटनास्थल पुगेर अध्ययन थालेको छ । अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग छलफल गर्ने तथा जारी बसको खोजी प्रकृयाबारे जानकारी लिने बताइएको छ । नयाँ गृहमन्त्री रमेश लेखकले आफूले पदभार सम्हालेको पहिलो दिनै गृह मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए । कार्यदलमा नेपाल प्रहरीका एसएसपी भुपेन्द्र खत्री, सशस्त्र प्रहरीका एसएसपी, विपद व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार मन्त्रालय र यातायात व्यवसायी महासंघबाट समितिका सदस्य रहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री नियुक्ति तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने सम्पूर्ण शुभचिन्तकलाई डिजिटल माध्यमबाट दिन आग्रह गरेका छन् । डिजिटल माध्यमको प्रयोग गरे समयको बचत हुने उल्लेख गर्दै उनले खादा मालाको प्रयोग समेत नगर्न अनुरोध गरेका हुन् । उक्त कुरा उनले आफ्नो सामाजिक सञ्जालबाट सम्पूर्ण शुभचिन्तकलाई जानकारी गराएका छन् । उनले भनेका छन्, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु ।’
काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै…