झापा । फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेलाई स्पेनिस क्लब रियाल मड्रिडले ५ वर्षका लागि अनुबन्ध गरेको छ ।
रियालले एम्बाप्पेलाई प्रति सिजन १ करोड ५० युरो दिने गरि क्लबमा भित्र्याएको हो । रियालमा एम्बाप्पेले ९ नम्बरको जर्सी लगाउने छन् । यसअघि उनी पेरिस सेन्ट जर्मन (पिएसजी) मा थिए ।
अनुबन्धपछि एम्बाप्पेले रियालबाट खेल्ने आफ्नो सानैदेखिको सपना पुरा भएको प्रतिक्रिया दिएका छन् । फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ । क्लबसँग औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्पेलाई रियल म्याड्रिडको स्टेडियममा ८० हजारभन्दा बढी फ्यानहरूले स्वागत गरेका थिए ।
एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ ।
यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।
