झापा । स्पेनको राष्ट्रिय टोलीले युरोपियन च्याम्पियनसिपमा आफ्नो विजयको उत्सव मनाएको छ ।
गत आइतवार राति बर्लिनमा भएको खेलमा इङ्ल्याण्डलाई २–१ ले हराएर प्रतियोगितामा सातवटै खेल जितेको टोली म्याड्रिडको बराजास विमानस्थलमा पुगेको थियो ।
खेलाडीहरूलाई स्पेनको राजधानीको बाहिरी भागमा रहेको पलासियो डे ला जर्जुएलामा ड्राइभ गर्नुअघि आराम गर्न होटलमा लगिएको थियो राजा फिलिप र शाही परिवारको बधाई प्राप्त भएसँगै उनीहरुले उत्सव मनाएका हुन् ।
त्यसपछि उनीहरु स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजलाई भेट्नको लागि गएका थिए ।
Facebook Comments Box
