काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री नियुक्ति तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने सम्पूर्ण शुभचिन्तकलाई डिजिटल माध्यमबाट दिन आग्रह गरेका छन् ।
डिजिटल माध्यमको प्रयोग गरे समयको बचत हुने उल्लेख गर्दै उनले खादा मालाको प्रयोग समेत नगर्न अनुरोध गरेका हुन् । उक्त कुरा उनले आफ्नो सामाजिक सञ्जालबाट सम्पूर्ण शुभचिन्तकलाई जानकारी गराएका छन् ।
उनले भनेका छन्, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु ।’
Facebook Comments Box
