Author: खबरमञ्च
झापा- अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको पंगेनीले बताए । बाँकी ३३ जना भने अवैध तरिकाले तल्लोबाटो अमेरिका पुगेकाहरू छन् । यसरी जानेहरुले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ । विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि…
झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको दुईवटा हतियार र गोली भेटिएको छ । पाँचथरको मिक्लाजुङ ३ आरुबोटे भन्ने स्थानबाट एक थान इन्सास र एक थान थ्री नट थ्री राइफल र ४ राउण्ड गोली फेला परेको हो । इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गरेको आरोपमा हिजो पक्राउ परेका पाँचथरका २२ वर्षीय सुशिल फियाकको बयानका आधारमा ती हतियार भेटिएको प्रहरी स्रोतले जनाएको छ । यसवारे विस्तृत विवरण आउन बाँकी रहेको छ । दुईवटा हतियार भेटिएसंगै झापामा प्रहरी कार्यालयबाट लुटिएका अझै २० थान हतियार भेटिन बाँकी रहेको छ ।
झापा- बारा जिल्लामा नेकपा (एमाले) का नेताहरू शंकर पोखरेल र महेश बस्नेत आउने सूचना सार्वजनिक भएलगत्तै सिमरा विमानस्थल आसपासका क्षेत्रमा युवाहरूले प्रदर्शन सुरु गरेका छन्। प्रदर्शनका कारण स्थिति क्रमशः तनावपूर्ण बन्दै गएपछि स्थानीय प्रशासनले सुरक्षाको जोखिम बढेको भन्दै तत्कालका लागि विमानस्थल वरपर कर्फ्यू आदेश जारी गरेको छ। हाल प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच घर्षण तथा झडप भइरहेको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रको आदेशअनुसार सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिने, साथै पदाधिकारी र सार्वजनिक कार्यालयहरूको सुरक्षा सुनिश्चित गर्नका लागि यो कर्फ्यू लगाइएको हो। कर्फ्यू आज बेलुका ८ बजेसम्म लागू हुनेछ। कर्फ्यू…
झापा- झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो । बथानमा हात्तीका थुप्रै छावा पनि थिए । “तीमध्ये १५ वटा हात्तीको झुण्ड सोमबार मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ”, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भने, “हामी निरन्तर निगरानीमा छौँ । रतुवामाई आइपुगेको हात्तीको बथान छिन्नभिन्न भएर कोही मोरङतिरै फर्किए र बाँकी झापातिरै अलमलिएका छन् ।” मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबार लावालस्करसहित पूर्व लागेको हात्तीको बथानले…
बिर्तामोड। मस्तिष्क तथा स्नायु रोग (न्युरो) सम्बन्धी उपचार खोजिरहेका बिरामीहरूका लागि मनमोहन अस्पताल बिर्तामोडमा उपचार सेवा सुरु भएको छ। वरिष्ठ न्युरोसर्जन डा. करुणा ताम्राकार कार्कीको विशिष्ट सेवा झापाको मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडमा सुरु भएको हो। टाउको र स्नायु प्रणाली सम्बन्धी कुनै पनि समस्या भएका बिरामीहरूलाई लक्षित गर्दै यो सेवा विस्तार गरिएको हो। अब पायक पर्ने बिरामीहरूले मनमोहन अस्पतालमै डा. कार्कीबाट स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। सेवा उपलब्धता: समय: बिहान ८:०० बजेदेखि बिहान ९:३० बजेसम्म दिन: आइतबार बाहेक प्रत्येक दिन अस्पतालमा आफ्नो सेवा सुरु भएपछि डा. कार्कीले भनिन्, “यो अस्पतालमा अब मैले दिने सेवा सुरु भएको छ। न्युरो सम्बन्धी…
झापा- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे जेनजी आन्दोलनपछि पहिलोपटक आफ्नो गृहजिल्ला झापा आइपुगेका छन्। २०७९ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट विजयी भएका घिमिरे करिब चार महिनापछि आफ्नो निर्वाचन क्षेत्रमा आउँदा अहिले उनी निवर्तमान सांसदको भूमिकामा छन्। घिमिरेले आफ्नो भ्रमणका क्रममा जेनजी आन्दोलनले क्षतिग्रस्त बनाएका सरकारी तथा राजनीतिक संरचनाहरूको निरीक्षण गरेका छन्। यसअघि गत असार ३२ गते उनले बिर्तामोड नगरपालिकाको करिब ५ करोडको लागतमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका थिए। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको सोही भवनको अवस्था हेर्न उनी अहिले बिर्तामोड आइपुगेका हुन्। यस क्रममा उनले बिर्तामोड नगरपालिकाको कार्यालय भवनका साथै…
झापा- जेनजी आन्दोलनको मौका पारेर इलाका प्रहरी कार्यालय (इप्रका) बिर्तामोडबाट फरार भएका थुनुवामध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड-८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पंकजराज मैनाली रहेका छन्। लागुऔषध कसुरमा अनुसन्धानका क्रममा रहेका उनीहरू गत भदौ २४ गते भएको जेनजी आन्दोलनका बेला इप्रका बिर्तामोडको हिरासतबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहीबार बिहान करिब ८ बजे अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले फरार थुनुवाहरूलाई उनीहरूको घरबाटै पक्राउ गरेको थियो। पक्राउ परेका दुवैजनालाई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्मरण रहोस्, जेनजी आन्दोलनका क्रममा बिर्तामोड र दमक प्रहरीको हिरासतबाट कुल…
विराटनगर- कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटिपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) सँगको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो । कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व हुनेगरी हरेक जिल्लाबाट दुई जनाको दरले पर्यटन र फोटो पत्रकारितामा संलग्नहरुलाई फोटोमार्फत नेपालको सौन्दर्य, संस्कृति, र मानवीय पक्षलाई अभिव्यक्त गर्न सिकाउने उद्देश्यले आजदेखि तालिम सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला बरालले यस किसिमका प्रशिक्षणहरु विभिन्न चरणमा सातै प्रदेशमा…
बिर्तामोड- मस्तिष्क तथा स्नायु रोग (Neuro) सम्बन्धी उपचार खोजिरहेका पूर्वी नेपालका बिरामीहरूलाई लक्षित गर्दै एक महत्वपूर्ण सेवा विस्तार भएको छ। देशकै वरिष्ठ कन्सल्टेन्ट न्युरो सर्जन तथा न्युरो इन्टरभेन्सनिष्ट डा. करुणा ताम्राकार कार्कीले अब बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडमा नियमित रूपमा सेवा दिने भएकी छिन्। न्युरो सर्जरी र टाउको नखोली गरिने जटिल न्युरो इन्टरभेन्सन प्रक्रियाहरूमा विशेषज्ञता हासिल गरेकी डा. कार्कीको उपस्थितिबाट यस क्षेत्रका बिरामीले काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ। अस्पताल प्रशासनका अनुसार, डा. कार्कीको विशिष्ट सेवा निम्न तालिका अनुसार उपलब्ध हुनेछ: आइतबार बाहेक प्रत्येक दिन बिहान ८:०० बजेदेखि बिहान ९:३० बजेसम्म मनमोहन मेमोरियल सामुदायिक अस्पताल…
भद्रपुर (झापा)- जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त तीन महिनाको अवधिमा कार्यालयमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ उद्योग नवीकरण गरिएको उनले बताए। सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो तीन महिनामा उद्योगतर्फ ३८ र वाणिज्यतर्फ २५ गरी ६३ उद्योग खारेज हुँदा तीन उद्योगको ठाउँसारी, १६ उद्योग नामसारी, १४ उद्योगको नाम परिवर्तन तथा १० उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग…