बिर्तामोड। मस्तिष्क तथा स्नायु रोग (न्युरो) सम्बन्धी उपचार खोजिरहेका बिरामीहरूका लागि मनमोहन अस्पताल बिर्तामोडमा उपचार सेवा सुरु भएको छ।
वरिष्ठ न्युरोसर्जन डा. करुणा ताम्राकार कार्कीको विशिष्ट सेवा झापाको मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडमा सुरु भएको हो।
टाउको र स्नायु प्रणाली सम्बन्धी कुनै पनि समस्या भएका बिरामीहरूलाई लक्षित गर्दै यो सेवा विस्तार गरिएको हो।
अब पायक पर्ने बिरामीहरूले मनमोहन अस्पतालमै डा. कार्कीबाट स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
सेवा उपलब्धता:
- समय: बिहान ८:०० बजेदेखि बिहान ९:३० बजेसम्म
- दिन: आइतबार बाहेक प्रत्येक दिन
अस्पतालमा आफ्नो सेवा सुरु भएपछि डा. कार्कीले भनिन्,
“यो अस्पतालमा अब मैले दिने सेवा सुरु भएको छ। न्युरो सम्बन्धी सबै सेवा उपलब्ध छन्।”
मनमोहन अस्पताल प्रशासनले न्युरो सम्बन्धी कुनै पनि समस्या भएका बिरामीहरूलाई निर्धारित समयभित्र सेवा लिन अनुरोध गरेको छ।
Facebook Comments Box
