Author: खबरमञ्च

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गर्नेहरुको अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न संसदीय समितिसँग आग्रह गरेका छन्। शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले समितिसँग सो आग्रह गरेका हुन् । उनले कोही निर्दोषमाथि कुनै प्रकारको औंलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निस्कर्ष बनाउन आग्रह गरे। उनले सहकारी पौडी खेल्ने नभइ धेरै खेले स्वीमिङ पुलसम्म पौडी खेल्न सक्ने टिप्पणी गरे । उनले सहकारीका माध्यमबाट अनेक तरिकामार्फत गरिएको शोषण, लुट, ठगहरुलाई नियन्त्रण गर्न नदिनका लागि सरकारले पनि काम गरिरहेको बताए। उनले समितिले दिएका सुझावहरुको कार्यान्वयन गर्न सरकार तयार…

Read More

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार ‘मर्निङ वाक’ गरेका छन्। आज बिहान सढे पाँच बजे बिर्तामोडमा रहेको होटल टाइमलेस मोमेन्टबाट उनको ‘मर्निङ वाक’ सुरु भएको हो। त्यहाँबाट उनी आफ्नो टोलीसहित बिर्तामोड र अर्जुनधाराको सीमानामा रहेको माता मन्दिर पुगेर टेकबहादुर गिरी बसपार्क आएका हुन्। बसपार्कमा उनलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। गिरीबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्। प्रचण्डले संक्षिप्त सम्बोधन गर्दै स्थानीयलाई न्याय दिन आफू लागि पर्ने बताए। साथै, उनले यस्तै खालको बेथितीको विरोधमा लाग्दा आफू नेतृत्वको सरकार ढलेको जिकिर गरेका छन्।

Read More

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पठन संस्कृतिको चलन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले भूमिगत कालमा पञ्चायत बिरुद्ध लड्दा काँग्रेस, कम्युनिष्ट सबै जेलमा हुँदा पनि पठ्ने गरेको स्मरण गरे । तर अहिले अध्ययन गर्ने संस्कृति हराइरहेको बताए । उनले काँग्रेसले अध्ययन गर्न छोडिसकेको भन्दै कम्युनिष्टहरु पनि अध्ययनमा रुची राख्न छोडिसकेको बताए। उनले वैकल्पिक शक्तिहरुले अध्ययनमा केही मेहनत गरेपनि अरण्य रोदन जस्तो हुने गरेको बताए । उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने…

Read More

काठमाडौँ । संकटा फुटबल क्लव र कोशी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यससँगै शनिवारका दुवै खेलमा बराबरीकै नतिजा निक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा पनि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले १–१ गोलको बराबरीको नतिजा सामना गरेका थिए । कोसीले शनिवार संकटासँग अंक बाँडेसँगै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । दुवै तर्फबाट राम्रा अवसर सिर्जना भए पनि गोल भने हुन सकेन । संकटा र कोबीले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा अंक बाँड्नु परेको हो । यो खेलमा संकटाकी मनिषा थापामगर प्लेयर अफ दी…

Read More

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन नहुने जिकिर गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा राखे । ‘जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ’,पूर्वप्रधानमन्त्री दाहालले भने । फरक प्रसङ्गमा अध्यक्ष दाहालले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको सिफारिस भएको जानकारी दिँदै ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्नेमा जोड दिए। पूर्वप्रधानमन्त्री दाहालले व्यवस्था परिवर्तनका लागि माओवादी केन्द्रले ठूलो त्याग र बलिदान गरेकाले सबै प्रदेशमा…

Read More

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्। नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढन नदिने प्रयासहरु भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । नेकपा (एमाले)ले शनिवार काठमाडौंमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदढीकरण कार्यशाला गोष्ठीमा बोल्दै उनले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको अनुभुति पनि सुनाए। राजतन्त्र हुँदा केही पदधारी पञ्चहरु कराउने गरेको भए पनि अहिले आशाधारीहरुले राजतन्त्रको पक्षमा बोलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा अवरोध खडा गर्ने…

Read More

दोधारा चाँदनी (कञ्चनपुर)- मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले। तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्। उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छन्। छोरी रविना चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छन्। “हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,” उर्मिलाले भनिन्, “तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो।” २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती गरेकी उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरिन्। त्यसपछि आम्दानी…

Read More

झापा । झापाको मेचीनगरमा कुटी काट्ने मेशिनबाट करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले गाईवस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेशिनबाट कुटी काट्दा अचानक सर्ट भई उनलाई करेन्ट लागेको थियो। घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

गलकोट (बागलुङ) । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्। तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो। आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गरेकी बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाइन्। आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडौँ बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो। उनीहरुसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो। जिल्ला प्रहरी…

Read More

झापा । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्याेदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ । लोहारलाई पटक-पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।…

Read More