काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्।
नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढन नदिने प्रयासहरु भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
नेकपा (एमाले)ले शनिवार काठमाडौंमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदढीकरण कार्यशाला गोष्ठीमा बोल्दै उनले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको अनुभुति पनि सुनाए।
राजतन्त्र हुँदा केही पदधारी पञ्चहरु कराउने गरेको भए पनि अहिले आशाधारीहरुले राजतन्त्रको पक्षमा बोलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा अवरोध खडा गर्ने प्रयास गरिरहेको बताए।
उनले कुनै पनि सत्य र तथ्यको बाटोमा नहिँडेकाहरुले मुलुकमा भ्रम छर्ने प्रयास गरिरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने कुरामा सरकार सचेत रहेको पनि बताए ।
