झापा । झापाको मेचीनगरमा कुटी काट्ने मेशिनबाट करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ।
शुक्रबार साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले गाईवस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेशिनबाट कुटी काट्दा अचानक सर्ट भई उनलाई करेन्ट लागेको थियो।
घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
