झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार ‘मर्निङ वाक’ गरेका छन्।
आज बिहान सढे पाँच बजे बिर्तामोडमा रहेको होटल टाइमलेस मोमेन्टबाट उनको ‘मर्निङ वाक’ सुरु भएको हो। त्यहाँबाट उनी आफ्नो टोलीसहित बिर्तामोड र अर्जुनधाराको सीमानामा रहेको माता मन्दिर पुगेर टेकबहादुर गिरी बसपार्क आएका हुन्।

बसपार्कमा उनलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्। गिरीबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।
प्रचण्डले संक्षिप्त सम्बोधन गर्दै स्थानीयलाई न्याय दिन आफू लागि पर्ने बताए। साथै, उनले यस्तै खालको बेथितीको विरोधमा लाग्दा आफू नेतृत्वको सरकार ढलेको जिकिर गरेका छन्।
Facebook Comments Box
