Author: खबरमञ्च

झापा । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा विक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ ।विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट गरिने भएको छ ।आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनः परीक्षण गर्न भनेका छन् । दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ । प्रयोगशालाका अनुसार ४५ प्रतिशत भन्दामाथि विषादी भेटिए…

Read More

काठमाडौं । राष्ट्रियसभाको दुई वटा विषयगत समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आज सूचना निकालेर निर्वाचनबारे तालिका सार्वजनिक गरेका हुन्। तालिकाअनुसार यही भदौ ३१ गते विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचन हुनेछ । विधायन व्यवस्थापन समितिको सभापतिमा जयन्तीदेवी राई थिइन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा थिए । निर्वाच्न तालिका अनुसार समितिको सभापतिमा भदौ ३० गते उम्मेदवारी दर्ता हुनेछ । ३१ गते समितिकै सभाकक्षमा निर्वाचन हुनेछ ।

Read More

बिर्तामोड । चाडपर्व नजिकिँदै जाँदा झापाको बिर्तामोडमा जुत्ता चप्पल मेला शुरु भएको छ । बिर्तामोडको सिटी सेन्टरमा  मंगलबारबाट मेला शुरु भएको हो । एक कार्यक्रमका बिच बिहीबार बिर्तामोडकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले मेलाको उद्घाटन गरिन् । उनले मेलाको उद्घाटन  गर्दै महङ्गो मुल्य हालेर किनेको विदेशी उत्पादनमात्र राम्रो भन्ने बुझाईलाई परिवर्तन गर्न र स्वदेशी उत्पादनको प्रयोगलाई आम उपभोक्ताले प्राथमिकतामा राख्न आग्रह गरिन् । स्वदेशी उत्पादनको प्रयोगले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने उनले बताइन् । नेपालमा स्थापित चर्चित जुत्ता चप्पल कम्पनी र ब्राण्डहरु बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका जुत्ता चप्पल उपलब्ध रहेको जुत्ता उत्पादक नानीराज घिमिरेले जानकारी दिए । मेलामा दशैं तिहार लक्षित नयाँ डिजाइनका स्पोर्टस् सुज, क्याजुअल सुज, पाटी सुज, स्कुल सुज, फुटबल, फुटसलका सुज र बालबालिकाका सुजहरु उपलब्ध हुने पनि घिमिरेले बताए । मेला अवधिभर न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने आयोजकले जनाएको छ । मेला असोज २४ गतेसम्म चल्ने छ ।

Read More

झापा । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी धरपकडपछि उनीसहित करिब ४० जना कार्यकर्ता पनि अनशनस्थल छाड्न बाध्य भएका थिए । प्रहरीले उनलाई गाडीमा टंकीसिनवारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर पुगेका छन् । उनी विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै विराटनगर–७ स्थित प्रदेशसभा सचिवालयको सय मिटर नजिकैबाट कार्कीलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले हटाएका केही योजनालाई निरन्तरताको माग गर्दै उनी समर्थकसहित…

Read More

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले गैरसम्बन्धित र सामान्य चिनजानसम्म नभएका पाँच जनालाई अमेरिका लैजान दूतावासलाई पत्र लेख्नु गम्भीर पदीय दुरुपयोग भएको निष्कर्ष निकाल्दै सत्तारूढ दल उनलाई हटाउने निर्णयमा पुगेका छन् । सोमबार बसेको सत्तारूढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख राना मगरको पदीय मर्यादा आचरणयुक्त नदेखिएको भन्दै उनलाई हटाउनुपर्ने प्रस्ताव गरेपछि मार्गप्रशस्त गर्न आग्रह गर्ने र त्यसलाई अस्वीकार गरेमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो । त्यसका लागि कांग्रेस र एमालेका सांसदहरूले प्रस्ताव दर्ताका लागि मंगलबार नै हस्ताक्षरसमेत गरिसकेका छन् । थप रणनीति बनाउन कांग्रेसले बुधबार बिहान पदाधिकारी बैठक बोलाएको छ भने एमालेले बाहिर रहेका सांसदलाई तुरुन्त राजधानी फर्कन…

Read More

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारमा रहेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न लागिपरेको बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्न संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने तयारी गरिरहेको बताए। उनले भने, ‘उपसभामुखलाई महाअभियोग लगाउने कुरा भइरहेको भन्ने सुन्दैछु। काँग्रेस र एमाले त्यही मामिलामा लागेका छन्। संवैधानिक परिषदमा आफ्ना भाग पुर्याउन उनीहरूले यो काम गर्न लागेका हुन्।’ कांग्रेस र एमाले दुई दलीय ब्यवस्थाको पक्षमा रहेको उनले बताए । राप्रपा बहुदलीय ब्यवस्थाको पक्षपाति भएको उनले बताए। उनले भने, ‘हिजो बहुदलीय ब्यबस्थाका लागि लडेका दल…

Read More

काठमाडौँ । स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै चार वर्षदेखि रोकिएको जग्गाको कित्ता कत्ताकाटको समस्या अब समाधान हुने भएको हो ।  स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए । देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् । अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको हो । २०७६ सालदेखि…

Read More

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगुरका पाठा वितरण गरेको छ ।नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गतउक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमूना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरलाई माछामासुमा आत्मनिर्भर बनाउने योजना अनुसार मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिएको बताए । मेहेनत गर्दा वंगुरबाट मनग्य आम्दानी लिन सकिने भएकोले व्यवसायिक बन्न उनले आग्रह गरे । यसैबीच वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेललेबंगुरका पाठाबाट मनग्य आम्दानी लिनसकिनेमा आफू विश्वस्त रहेको बताए…

Read More

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ बाट वडासचिब टिका अधिकारीलाई विदाई गरिएको छ । वडा कार्यालयमा आज आयोजित स्वागत, सम्मान तथा विदाई कार्यक्रमका विच वडासचिव अधिकारीलाई विदाई गरिएको हो । वडासचिब अधिकारीको बिर्तामोड नगरअस्पतालमा प्रशासन प्रमुखमा सरुवा भएको छ । यस्तै वडा नम्बर १ मा वडासचिबमा जानुका बस्नेतले जिम्मेवारी पाएकी छन्। बस्नेत एक महिना अघि अर्जुनधारा नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आएकी हुन् । उनलाई जनप्रतिनिधि तथा बिभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुले फूलमालाले स्वागत गरेका छन् । यसैबीच उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको छ । वडाकी कम्प्युटर अपरेटर डिना काफ्लेलाई वर्ष उत्कृष्ठ कर्मचारीकारुपमा नगदसहित सम्मान गरिएको हो । अपरेटर शर्मालाई वडाअध्यक्ष अग्निप्रसाद…

Read More

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले आज (मंगलबार) झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडका सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको योगदानलाई चिरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानमार्फत यसअघि अदुवा खोला करिडोरमा वृक्षरोपण गरिएको छ । दोस्रो सामाजिक कार्यक्रम अन्तर्गत प्रतिष्ठानले रक्तदान गरेको अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख एवम् प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीसहित १०१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतिष्ठानमार्फत विभिन्न…

Read More