Author: खबरमञ्च

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसन बसेको स्थलबाट प्रशासनले बल प्रयोग गरि हटाएको छ । विराटनगर प्रदेश सभा भवन बाहिर देवकोटा चौक नजिक अपरान्ह ४ बजेबाट अनसनमा बसेका निवर्तमान मुख्यमन्त्री कार्कीलाई बेलुका करिब साढे ७ बजे प्रहरीले बलजफ्ती उठाएको हो। यसक्रममा कार्कीका समर्थक र प्रहरीबीच दोहोरो झडप भएको छ । कार्कीले सोमबार नै अनसन बस्ने स्थल तोकेपछि मंगलबार दिउँसो प्रशासनले जिल्लाका विभिन्न पाँच स्थानलाई निषेधाज्ञा तोकेको थियो । जसमा देवकोटा चौक नजिकको क्षेत्र पनि रहेको थियो । अनसन बसेसंगै प्रहरीको टोलीले कार्कीलाई स्थानबाट हटाउने प्रयास गरेको थियो । त्यसक्रममा मोरंगका प्रहरी प्रमुख नवराज कार्कीसमेत पुगेका थिए ।  कार्कीले…

Read More

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन सुरु गर्ने भएका छन्।  आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्कीले आज अपरान्ह ४ बजेदेखि आमरण अनशन बस्ने भएका हुन्।  उनले गत आइतबार संससबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पठाएको ४८ घन्टे ध्यानाकर्षण पत्रको समय मंगलबार ४ बजेदेखि समाप्त हुने भएकाले घोषणाअनुसार आफू अनशन बस्न लागेको उनले बताए। उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका छन्। आफ्नो माग पूरा नभएसम्म प्राण त्याग्न पनि तयार रहेको, तर अनशनबाट पछि नहट्ने कार्कीको भनाइ छ । आफूले घोषणा गरेका कार्यक्रम जनमुखी भए पनि वर्तमान मुख्यमन्त्री कार्कीले नियतवश कटौती गरेको आरोप…

Read More

बिर्तामोड । बिर्तामोडबाट तीन जना बेसहारा नागरिकको उद्दार गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप- प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले सोमबार दिउँसो उनीहरुको उद्दार गरेको हो । बिर्तामोड ४ बाट ९० वर्षिय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षिय उजित सिंह र बिर्तामोड ६ बाट २२ वर्षिय विनिशा गौतमलाई उद्दार गरिएको हो । बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोही नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए । यस्तै सिंह सैनिकमोडको…

Read More

बिर्तामोड । बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षरोपण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सोमबार सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो ।बिर्तामोडलाई हरित नगर बनाउने उद्धेश्यका साथ आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा ४ सय फूलका विरुवा तारजालीसहित व्यवस्थित तवरलेरोपिएको छ। बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यस अघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको थियो । सडकको बीच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका विरुवाहरु भने हुर्किसकेका छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आ-आफ्नो टोल, क्षेत्रमा विरुवा रोप्न सबैलाई आग्रह गरिन् । उनले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि पनि वृक्षरोपण आवश्यकता रहेको बताइन्…

Read More

झापा । केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको छ । झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ अन्दाजी ६ बजे बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबिच झडप भएको हो । केटीको विषयमा अन्दाजी १०/१२ जना युवाबीच ग्याङ फाइट भएको बताइएको छ । झडपमा बिर्तामोड ६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन् । उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ । उनको बाँया खुट्टा, घाँटी र टाउकोमा चोट लागेको छ । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी…

Read More

काठमाडौं । क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । यस्तै टोलीमा आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, देव खनाल र अर्जुन साउँद रहेका छन् । लामिछाने १२ महिना पछि ओडीआई टोलीमा फर्किएका छन् । उनले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउँद पनि झण्डै १४ महिना पछि नेपालको एकदिवसीय टोलीमा परेका हुन्…

Read More

झापा । नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँ समितिले ‘वीपी कोइराला र समाजवाद’ शीर्षकमा अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा सोमबार नेविसंघ बुद्धशान्तिले पालिकास्तरीय अन्तर मावि (कक्षा ११ र १२) का विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो। प्रतियोगितामा कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा आकृति सिटौला प्रथम, श्री बुद्ध आदर्श माविकी छात्रा सम्झना कालिकोटे द्वितीय र गडिगाउँ माविका छात्र रुपनारायण कोइराला तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः दुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे। वक्तृत्वकला…

Read More

काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासंघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखे पनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए । नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ ।

Read More

झापा । माइ खोलामा बनाइएको ड्याम आसपास झापाको दोमुखामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्। दुई जना बेपत्ता भएको अवस्थामा एक जनाको शव भेटिएको हो। भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो। उनीसंगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन्। सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयालले जानकारी दिए।

Read More

काठमाडौँ । सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन् ।  उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको…

Read More